• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
नीरजलाई सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १४, २०८१ खेलपाटी संवाददाता
नीरजलाई सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि

काठमाडौँ। कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८–अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि जितेका छन् ।

धरानका प्रो नीरजले ८–अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका छन्। शिवरामले सन २०१५ मा एनपिजिए प्रेसिडेन्ट कपमा ८–अन्डर स्कोर गरेका थिए ।

अन्तिम दिनको खेल शुरुआत गर्दा नीरज तीन दिनका लिडर भुवन भन्दा सात स्ट्रोकले पछि थिए। तर ८–अन्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे।

अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापति माथि ६ स्ट्रोक र नीरजमाथि ७ स्ट्रोकको ठूलो अग्रता थियो। तर भुवनले आज इभन–पार ६८ मा खेल सकाउँदा समग्रमा ७–अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे। उनले ८२ हजार प्राप्त गरे।

आज ४–अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए। उनले ६६ हजार हात पारे। आज इभन–पार ६८ स्कोर गर्दै समग्रमा इभन–पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए। उनले ५३ हजार प्राप्त गरे। समग्रमा २–ओभर २ सय ७४ सहित पाँचौँ भएका धन बहादुर थापाले ४५ हजार आफ्नो नाममा लेखाए। उनले आज इभन–पार ६८ खेले।

उपाधिका दाबेदार मानिएका सुवास तामाङ समग्रमा ४–ओभर २ सय ७६ सहित छैटौँ भए। प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुवासले ३३ हजार ५ सय प्राप्त गरे। समग्रमा ५–ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौँ स्थान बाँडे। उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे। आज १–ओभर ६९ सहित समग्रमा ६–ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौँ भए। उनले २८ हजार नगद पुरस्कार प्राप्त गरे।

यसैगरी समग्रमा ७–ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्तरुपमा दसौँ स्थानमा प्रतियोगिता सकाए। सञ्जयले ५–ओभर ७३ र भुवनले १–ओभर ६९ मा खेल सकाए। उनीहरूले जनही २४ हजार नगद प्राप्त गरे।

एमेच्योरतर्फ समग्रमा १३–ओभर २ सय ८५ सहित सद्भाव आचार्यले उपाधि जिते। उनले आज ७–ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई दश स्ट्रोकले हराए। टाशीले समग्रमा २३–ओभर २ सय ९५ स्कोर गरे। आज उनले १२–ओभर ८० मा खेल सकाए।  राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल ३०० स्कोरसहित तेस्रो भए।

नीरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५–अन्डर २९ मा सकाए। उनले पहिलोदेखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे। नवौँ होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तिमा भुवनभन्दा मात्र एक स्ट्रोकले पछि थिए। भुवनले भने फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए। भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलमा डबल बोगी र पाँचौँ होलमा बोगी खेपे।

नीरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए। १०औँ होलमा बर्डी प्रहार गर्दै नीरजले भुवनसँग स्कोर बराबरी गरे। यसपछि १३औँ र १४औँ होलमा लगातार दुई बर्डी प्रहार गर्दा नीरजले दुई स्ट्रोकको अग्रता बनाए।

१६औँ होलमा हजार्डबाट बोगी खेले पनि १७औँ होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए। उनले ब्याक नाइन ३–अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन। भुवनले भने १२औँ होलको बोगीकाविरुद्ध ११औँ र १८औँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १–अन्डर ३३ मा सकाए।

जयरामले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए। फ्रन्ट नाइनमा उनले दोस्रो, चौथो र आठौँ होलमा बर्डी प्रहार गरे भने नवौँ होलमा एक सट खेर फाले। ब्याक नाइनमा १३औँ, १४औँ र १७औँ होलमा एक–एक सट बचाए भने १६औँ होलमा बोगी प्रहार गरे।

चार दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशि ७ लाख ३ हजार ५ सय रहेको थियो। जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP