क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको काम शुरू
आइतबार, ०९ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। बागमती प्रदेशको राजधानी हेटौँडामा क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको काम शुरू भएको छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा रहेको गौरीटार बहुउद्देश्यीय रंगशाला परिषद्मा क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको प्रक्रिया अघि बढेको हो।
योसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रंगशाला र स्विमिङ पुल तयार हुने प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए।
उनका अनुसार क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
'बागमती प्रदेश सरकारले क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको अनुमति दिएसँगै आजबाट हामीले काम शुरू गरेका हौँ,' उनले खेलापटीसँग भने, '१८ महिना भित्रमा सबै पूर्वाधार बनिसक्छ।'
#क्रिकेट र स्विमिङ पुल












-1768908116031.jpeg&w=3840&q=75)


-1768897962219.jpg&w=3840&q=75)
-1768893498186.jpeg&w=3840&q=75)