सन्तोषीले जितिन् लुम्बिनी हाफ म्याराथन
शनिबार, चैत २४, २०८०खेलपाटी संवाददाता
काठमाडौँ। लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिलातर्फ हाफ म्याराथन सन्तोषी श्रेष्ठले जितेकी छिन्। श्रेष्ठले निर्धारित २१.१ किमीको दुरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।
नेपाली सेनाकी पूर्णराज्य लक्ष्मी न्यौपाने सो दुरी १ घन्टा १९ मिनेट २१ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन्। एपीएफकी पुष्पा भण्डारी भने १ घन्टा २५ मिनेट १४ सेकेन्डमा पूरा गरी तेस्रो हुन सफल भइन्।
श्रेष्ठ, न्यौपाने र भण्डारीले क्रमशः २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।











-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)

