काठमाडौँ। आयरल्यान्डविरुद्धको तीन टी–२० शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल 'ए'ले पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। यसअघिका दुई खेलमा नेपालले टस जितेको थियो।
ती दुवै खेलमा नेपालले पहिला आयरल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले नेपाल पराजित भएको थियो।
लगातार दुई खेलमा जित हासिल गर्दै आयरल्यान्डले शृंखला २–० ले आफ्नो पक्षमा बनाइसकेको छ। सोमबारको खेल औपचारिकतामा समिति हुने छ।
आयरल्यान्डविरुद्धको अन्तिम खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ। नेपालले किरण ठगुन्नाको स्थानमा नारायण जोशीलाई मौका दिएको छ।