• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
युवराजलाई पछ्याउँदै अभिषेक
खेलपाटी संवाददाता
बिहीबार, चैत १५, २०८० खेलपाटी संवाददाता
युवराजलाई पछ्याउँदै अभिषेक

काठमाडौँ। ‘जस्तो गुरु, त्यस्तै शिष्य’! यो भनाइ सनराइजर्स हैदराबादका नयाँ स्टार अभिषेक शर्मालाई निकै सुहाउँछ। युवा क्रिकेटर अभिषेक भारतीय पूर्वअलराउन्डर तथा महान् क्रिकेटर युवराज सिंहलाई आफ्नो गुरु मान्छन्। युवराजजस्तै अभिषेक पनि पञ्जाबबाट आएका हुन्।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा अभिषेकले बुधबार मुम्बई इन्डियन्सविरुद्ध १६ बलमा अर्धशतक बनाएर आफ्नो क्षमताको अर्को प्रमाण दिएका छन्। तर, युवराजले टी–२० विश्वकपमा १२ बलमा अर्धशतक बनाएर कायम गरेको कीर्तिमान भने उनले तोड्न सकेनन्।

४ सेप्टेम्बर २००० मा अमृतसरमा जन्मेका अभिषेकका बुबा राजकुमार शर्मा पनि क्रिकेटर हुन्। राजकुमारको लक्ष्य जसरी भएपनि छोरालाई क्रिकेटर नै बनाउने थियो। त्यसैले अभिषेकलाई उनले क्रिकेट मैदानसम्म ल्याउन खुब मिहिनेत गरे।

स्थानीय स्पोर्ट्स क्लबमा अभिषेकलाई अभ्यास गराउँथे। आफ्नो छोरामा क्षमता भए/नभएको जाँच्न स्थानीय टोलीसँग प्रतिस्पर्धा गर्न लगाउँथे।

अभिषेकले दिल्ली पब्लिक स्कुल अमृतसरमा पढेका हुन्। पढाइमा उनी टपर थिए। कक्षा १० को बोर्ड परीक्षामा उनले ८० प्रतिशत अंक ल्याएका थिए। अभिषेकले जीडी गोयन्का विश्वविद्यालयमा पनि अध्ययन गरेका छन्। सन् २०१५-१६ मा भएको यू–१६ विजय मर्चेन्ट ट्रफीमा पञ्जाबका लागि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

अभिषेकले यू–१९ एसिया कपमा भारतीय टोलीको कप्तानी गरिसकेका छन्। सन् २०१८ को आईपीएलमा तत्कालीन दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल)ले अभिषेकलाई ५५ लाख भारुमा किनेको थियो। आईपीएलको डेब्यू खेलमा अभिषेकले १९ बलमा ४६ रनको इनिङ्स खेलेर आफ्नो क्षमता प्रस्तुत गरिसकेका थिए।

सनराइजर्स हैदराबादले मुम्बईविरुद्ध आईपीएल इतिहासमा सर्वाधिक २७७ रन बनाएको थियो। ‘म्यान अफ द म्याच’ अभिषेकले २३ बलमा ७ छक्का र ३ चौकासहित ६३ रनको उत्कृष्ट इनिङ्स खेले। अभिषेकभन्दा आधा घण्टाअघि उनका सहकर्मी ट्रेभस हेडले १८ बलमा अर्धशतक बनाएर आफ्नो टोलीका लागि नयाँ कीर्तिमान बनाएका थिए। तर, यो कीर्तिमान अभिषेकको अगाडि छायामा पर्‍यो।

आईपीएलको सबैभन्दा छिटो अर्धशतक राजस्थान रोयल्सका यशस्वी जसवालको नाममा छ। उनले १३ बलमा यो कीर्तिमान पूरा गरेका थिए। दोस्रो स्थानमा केएल राहुल र प्याट कमिन्स छन्। उनीहरूले १४ बलमा अर्धशतक बनाएका छन् भने युसुफ पठान, सुनिल नारायण र निकोलस पूरनले १५ बलमा।

अभिषेकले अहिलेसम्म ९० टी–२० खेल खेलेर २ हजार २८२ रन बनाएका छन्। उनको अधिकतम स्कोर ११२ रन छ। अभिषेक गुरु युवराजजस्तै स्पिन बलिङ पनि गर्छन्। टी–२० मा उनले ३० विकेट लिएका छन्। संकटको समयमा कप्तानहरू बलिङको लागि अभिषेकलाई नै खोज्छन्। यही लय कायम रहे अर्को पटक भारतीय टोलीमा उनले पक्कै स्थान बनाउने छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल
ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
चिप्लिएको सपना, चुकेको एन्फा !
चिप्लिएको सपना, चुकेको एन्फा !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP