बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा 

सोमबार, १२ चैत्र २०८०खेलपाटी संवाददाता
प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा 
mustang rice ad

काठमाडौँ। सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। 

उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए। भुवन र राहुलले १८ होलको समाप्तिमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे। रमेश, रवि, निरज र विजयले सोमबार  २-अन्डर ७० को स्कोर दर्ज गरे। 

एमेच्योर सद्भाव आचार्य १-अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन। युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन-पार ७२ सहित संयुक्तरुपमा आठौँ स्थानमा रहे। 

गोकर्ण गल्फ क्लबमा सोमबार भुवनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। पहिलो होलमा एक सट खेर फाले। यसपछि दोस्रो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तिमा २-अन्डरको स्थितिमा थिए। 

तर, नवौँ होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन सहित चार बर्डी प्रहार गरे। १३औँ होलमा एक सट खेर फाले भने १०औँ, ११औँ, १५औँ र १७औँ होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।

एमेच्योर गल्फर राहुलले प्रो गल्फरलाई कडा चुनौति दिने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौँ होलमा एक-एक सट बचाए। ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे।  १२औं होलमा बोगी खेप्दा १५औँ होलमा एक सट बचाए। 

संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले शुरूआत राम्रो गर्न सकेनन। फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए। पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे। तर ५-पारको सातौं होलमा डबल बोगीको सामना गरे। तर, ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे। १५औँ होलमा इगलको‌ सफलता प्राप्त गरे। यसपछि १६औँ र १७औँ होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४-अन्डर ३२ मा सकाए। 

टुरको पाँचौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले छैटौँ, सातौँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औँ होलमा एक-एक सट खेर फाले। 

यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौँ होलको बर्डी विरूद्ध सातौँ होलमा बोगी खेप्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १५औँ होलमा एक सट खेर फाल्दा १३औँ र १८औँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३५ मा सकाए। 

एमेच्योर गल्फर विजयले उत्कृष्ट शुरूआत गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले पहिलो, तेस्रो, पाँचौँ र छैटौँ होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौँ होलमा एक सट खेर फाले। यसपछि १०औँ होलमा बर्डी प्रहार गरे भने १६औँ र १७औँ होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १-ओभर ३७ मा पूरा गरे। 

प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल शुरू हुनुभन्दा अगाडी नाम फिर्ता लिए।‌ चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागिता रहेको छ। 

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन्।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन्। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ। कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित