बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

मञ्जुश्री ट्रेल रेसको तयारी अन्तिम चरणमा

बुधबार, ०७ चैत्र २०८०खेलपाटी संवाददाता
मञ्जुश्री ट्रेल रेसको तयारी अन्तिम चरणमा
Loading ad...
mustang rice ad

काठमाडौँ। चौथो मञ्जुश्री ट्रेल रेसको तयारी अन्तिम चरणमा पुगेको छ। रेस आयोजक मञ्जुश्री ट्रेल रेसले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत २३ देखि शुरू हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।

यस संस्करणमा सहभागिता जनाउन नेपालसहित १६ मुलुकका २७० धावकहरूले नाम दर्ता गराइसकेको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए। जसमध्ये नेपालबाट मात्रै २३२ धावकले नाम दर्ता गराएका छन्।

एशिया ट्रेल मास्टर्सजस्ता विदेशी निकायहरूमार्फत थप ५० देखि १०० जना खेलाडी सहभागी हुने उनको भनाइ छ। ‘दर्ता मिति १ अप्रिलसम्मका लागि छ। सो समयसम्ममा अझै धेरै धावकहरू सहभागी हुने सम्भावना देखिन्छ,’ उनले भने।

यो संस्करणलाई एशिया ट्रेल मास्टर्ससँगको सम्झौता भएपश्चात् छनोट खेलका रूपमासमेत मान्यता प्राप्त भएको अध्यक्ष थापा बताउँछन्। 

एशिया ट्रेल मास्टर्स हङकङमा कुआई स्पोर्ट्स प्रमोसन लिमिटेडद्वारा व्यवस्थित ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सिरिज हो। एशिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पाइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो। यसका साथै ग्रान्डमास्टर क्वेस्टमार्फत सबै वर्गका धावकहरूलाई समान अवसर दिइन्छ।

आयोजकका अनुसार यस रेसअन्तर्गत प्रत्येक सिजन एटीएम फाइनलसँगै समाप्त हुन्छ। जसमा अन्तिम विजेतालाई सम्मानित गरिन्छ। स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटासम्म एशियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ। यसमध्येका थाइल्यान्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य हुन्।

सन् २०२३ मा सञ्चालन गरिएको तेस्रो मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशीगरी ८८ जना प्रतियोगीले भाग लिएका थिए।

मञ्जुश्री ट्रेल रेस सबैभन्दा लामो दौडका रूपमा लिइन्छ। काठमाडौँ उपत्यका वरिपरिका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फुल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दुरी पूरा गर्दा १२ हजार ६९५ मिटरको उचाइसमेत हासिल हुनेछ।

पौराणिक कथन अनुसार मञ्जुश्री नामक भिक्षुले काठमाडौँमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन विभिन्न डाँडा घुमेर हेरेको थिए। यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामांकन गरिएको हो। सेतो र पहेँलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङसमेत हुने गरेको छ।

धावकहरू भने जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन्। लगभग ७० प्रतिशत दौड वनजंगल र गोरेटो बाटोमा हुनेछ। अप्रिल चैत २३ गते बिहान ८ बजे इचङ्गुनारायणस्थित एक्ले रुख (सिंगल ट्री)बाट सय माइलको दौड शुरू हुनेछ।

सोही दिन राति ८ बजे १०० किलोमिटरको दौड झुलेबाट, चैत २४ गते बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आबद्ध ट्रेलमान्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस चैत २४ गते बिहान ८ बजे फर्पिङको डोल्लुबाट शुरू हुँदै छ।

यो ट्रेलमान्डुको ५ स्टेज रेसको फाइनल खेल हो। यसमा १०० जना धावक सहभागी हुँदैछन्। त्यसैगरी चैत २४ गते कालु पाण्डे डाँडाबाट १० किमीको रेस शुरू भई एक्लो रुख (सिंगल ट्री)मै सकिने उनले बताए।

अध्यक्ष थापाका अनुसार रेसलाई अझ समावेशी बनाउन अप्रिल ६ मा २ किलोमिटरको विशेष रेससमेत आयोजना हुँदै छ। जसमा भिन्नरूपले सबल बालबालिकाहरूको रेस पनि आयोजना हुनेछ।

नेपाल डाउन सिनड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो। यसमा २० खेलाडी सहभागी हुँदैछन्। जम्मा १०० माइल लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठूलो संख्यामा सहभागिता रहने दौड पनि हो।

यसमा धावकहरूलाई सहज बनाउनको लागि १९ वटा चेक प्वाइन्ट उपलब्ध गराइएको हुन्छ। जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभूत औषधीको पनि व्यवस्था गरिएको हुन्छ।

त्यस्तै, तीन स्थानमा केही समय आराम गर्नको निम्ति वासस्थानको पनि व्यवस्था गरिएको छ। इमर्जेन्सी अवस्थालाई मध्यनजर गर्दै सबै चेक प्वाइन्टहरूमा आधारभूत तालिमप्राप्त मेडिकल टिम राखिनुको साथै एम्बुलेन्स तथा अस्पतालहरूसँग पनि समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए। त्यसपश्चात् उनीहरूले सन् १०१६ मा यो रुट छिचोलेका थिए।

जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्यलगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रुटहरूसहित नक्साङ्कन गरेका थिए। पछिल्लो समयमा ट्रेलमान्डु र मञ्जुश्री ट्रेल रेसले संस्थागत रूपमै यसलाई अझ परिष्कृत गर्दै मार्किङ तथा जीपीएस नक्साङ्कन गरिएको अध्यक्ष थापाले जानकारी दिए।

विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरूपमा निर्धारण गर्न करिब तीन वर्ष लागेको थियो।

ट्रेलको रुट नक्साङ्कन गर्नेमध्येका एक धावक नारायण आचार्यले यस किसिमको साहसिक दौडले मेडिटेसनको समेत आभास दिने बताए। आफूहरूले सन् २०१२ मै यस किसिमको लामो दौड आवश्यक भएको महसुस गरेको उनले बताए।

‘सन् २०१२ आसपासमा दौडहरू हुने गरेको भएपनि यति लामो थिएन। पछि मात्रै यस किसिमको दौड गर्न थालिएको हो,’ उनले भने।

लामो दौडको प्रयासस्वरूप नै अहिले १०० माइलको मञ्जुश्री ट्रेल रेस रहेको उनले बताए। यस रेसका क्रममा धावकहरूले विभिन्न संस्कृतिहरूलाई नियाल्न पाइने समेत उनले बताए।

‘विभिन्न जिल्लालाई छोएको,तामाङ, नेवारी, पहाडी बस्ती हुँदै विभिन्न संस्कृति नियाल्दै प्रकृतिसँग सामीप्य हुने दौड हो यो,’ उनले भने। यस रेसमा सहभागी भएकाहरूले विदेशमा रेसमा पनि राम्रो स्कोर पाइरहेको उनले सुनाए।  

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेश्नल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था युटीएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्त्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन्।  

‘आईटीआरएको मापदण्ड अनुसारको मञ्जुश्री ट्रेल रेस पूरा गर्ने सहभागीले ६ अंक प्राप्त गर्छन्। जुन आईटीआरएमा सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ,’ उनले भने।

१७० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्।

१०० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्।

५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्।

त्यस्तै, ट्रेलमान्डुको केभीआर १०० स्टेज रेसअन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्।

साथै यस संस्करणमा थपिएको नयाँ विशेष आयाम तथा खेलाडीहरूको लागि प्रोत्साहन मञ्जुश्री ट्रेल रेसका १०० माइल, १०० किमी र ५० किमीका खेलको पाँचौँ स्थानभित्र आउने खेलाडी स्वतः एशिया ट्रेल मास्टर्समा छनोट हुनेछन्। यसमा केही खेलाडी सहभागी हुने राम्रो सम्भावना र अवसर पनि रहेको उनी बताउँछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै गठन भएको नेपाल एडभेन्चर रनिङ महासंघबाट पनि यो रेसलाई विशेष रूपमा हेरिएको तथा सहयोग प्राप्त भएको उनले जानकारी दिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित