• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अफिसियल उडाउन राखेपमा ‘गोल चक्कर’ 
खेलपाटी संवाददाता
सोमबार, चैत ५, २०८० खेलपाटी संवाददाता
अफिसियल उडाउन राखेपमा ‘गोल चक्कर’ 

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का चिकित्सक राजु डंगोल महर्जन आइतबार बहराइन उड्ने तयारीमा थिए। त्रिभुवन विमानस्थलबाट उनी एअर इन्डियामार्फत साढे चार बजे दिल्ली र त्यहाँबाट बहराइन जाने पक्का थियो। तर, विमानस्थल पुग्नुपर्ने उनी दिउँसो करिब साढे तीन बजेसम्म पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को गोल चक्कर लगाइरहेका थिए।

राखेपकै कमर्चारी भएपनि उनले त्यसै दिनभर परिषद्मा चक्कर लगाएका होइनन्। फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग चैत्र ८ र १३ गते हुने खेलका लागि त्यसतर्फ प्रस्थान गर्ने अनुमति लिन सबेरै राखेप पुगेका थिए।

उनीमात्रै होइन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, सह-महासचिव दामोदर भट्टराई बद्री र प्रवक्ता सुरेश साहले पनि राखेपको चक्कर लगाउन त्रिपुरेश्वर पुगेका थिए। तर, उनीहरूको मुहारमा खुशी भने देखिएन। ‘सदस्य सचिव (टंकलाल घिसिङ)सँग एकछिन बसेका थियौँ। भेटमा उहाँलाई राखेपले मागेको २४ घण्टे स्पष्टीकरण दिएका छौँ, हाम्रो टिम बहराइनमा छ। उता होम म्याच पनि खेल्दै छ, जानुपर्ने १० जनाको स्वीकृतिको लागि हामीले पत्र पठाएका छौँ। के छ अवस्था? भनेर बुझ्दा राखेप यसबारे आफैँले डिक्लिअर गर्ने कि खेलकुद मन्त्रालयले गर्ने भन्नेबारे अन्योलजस्तो देखियो,’ उनले खेलपाटीसँग भने।

बहराइनसँग खेल्नुअघि नेपाली टोलीले तयारीस्वरूप शुक्रबार मलेसियासँग मैत्रीपूर्ण फुटबल खेलेको थियो। सोही खेल हेर्न एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरसहित दीपक खतिवडा, महेन्द्र क्षेत्री, भरतकुमार घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनिल लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ र ज्ञानबहादुर राई मलेसिया पुगेका थिए।

खतिवडा एन्फाका उपाध्यक्ष र क्षेत्री केन्द्रीय सदस्य तथा जावलाखेल युथ क्लबका अध्यक्ष हुन्। जयकृष्ण थ्रीस्टार क्लबका उपाध्यक्ष , गुरुङ एफसी खुमलटारका सचिव र घिमिरे संखुवासभा जिल्ला फुटबल संघका अध्यक्ष हुन्। त्यस्तै, लोप्चन मकवानपुरका सचिव, प्रविण ललितपुरका सचिव र सुविन कास्कीका सदस्य हुन्।

राई भने एन्फाका कर्माचारी हुन्। एन्फाले राईलाई किट म्यानेजरको भूमिका दिएको थियो। अन्य भने गत फागुन ३० गते बिनाभूमिका नै मलेसिया उडेपछि थिए।

लगत्तै युवा तथा खेलकुद मन्त्रालयले सरकारसँग स्वीकृति नलिई अनावश्यक व्यक्तिलाई मलेसिया उडाएको भन्दै राखेपलाई आफू मातहतको एन्फालाई कारबाही गर्न पत्राचार गरेको थियो। पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को ‘झ’मा राखेपको स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी १० जनालाई मलेसिया पठाएको भन्दै मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको थियो।

पत्र पाएलगत्तै एन्फा बहराइन जाने थप १० जनाको अनुमति लिन राखेपको पुगेको थियो। तर, आइतबारसम्म पनि एन्फाले राखेपबाट स्वीकृति प्राप्त गर्न सकेको छैन। बहराइन जाने टोलीमा एन्फा चिकित्सक राजुसँगै कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन्।

विष्ट खुमलटारका अध्यक्षसमेत हुन्। उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ पनि बहराइन जान लागेका छन्। उनीहरूबाहेक जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत, भरतबहादुर क्षेत्री र खेल पत्रकार गोविन्दराज नेपाल बहराइन जाने लिस्टमा छन्।

एन्फा स्रोतका अनुसार बहराइन जाने १० जनाकै टिकटलगायत भिसा प्रक्रिया पूरा भइसकेको छ। उनीहरूले मंगलबार बहराइनतर्फ प्रस्थान गर्ने तयारीसाथ ब्याक प्याक गरिसकेका छन्। ‘डाक्टर साब आइतबार नै जानुपर्ने हो। अन्य भने १९ तारिखमा जाने पक्का भएको थियो। सबैको टिकट काटिइसकेको छ, भिसा आइसकेको छ। एन्फाले यति धेरै खर्च गरिसकेको छ। तर, राखेपको स्वीकृति अझै आएको छैन,’ एक पदाधिकारीले भने।

सह-महासचिव भट्टराईका अनुसार राखेपले स्पष्टीकरण माग्ने बित्तिकै एन्फाले जवाफ फर्काएको थियो। तर, स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएको भन्दै राखेपले एन्फालाई पुनः पत्र पठाएको छ।

संघसंस्था समन्वय समितिका प्रमुख चन्द राई लानुपर्ने चिकित्सकसहित केही व्यक्ति एन्फाले छुटाएको देखिएको बताउँछन्। तर, चाहिनेभन्दा नचाहिने व्यक्ति भ्रमणमा स्वीकृति नै नलिई गएको देखिएको कारण राखेपले विमति जनाएको बताउँछन्।

‘चिकित्सक म्यान्डेटेरीअनुसार नै पर्छ। तर, उहाँ जानुभएको देखिएन। टिमभित्र भएका खेलाडी, प्रशिक्षक, चिकित्सक, फिजियो, म्यानेजरलगायत चाहिने व्यक्ति जानु नै पर्ने हो। तर, आवश्यक व्यक्तिलाई छुटाइएको देखिन्छ,’ उनले भने, ‘त्यसैले अन्य व्यक्ति किन गए, कसरी गए र कति गए? भनेर हामीले जानकारी मागेका हौँ। त्यो चित्तबुझ्दो देखिँदैन।’

चिकित्सक आवश्यक व्यक्ति देखिएको भएको कारण राजु डंगोलले भने सोमबारसम्म अनुमति पाउने या नपाउने भन्ने विषय टुंगो लाग्ने राई बताउँछन्। तर, अन्य व्यक्तिको हकमा भने यसै भन्न नसकिने उनको भनाइ छ।

अनावश्यक र बढी व्यक्ति उडाएका होइनौँ : एन्फा

२३ सदस्सीय खेलाडीसँगै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, टिम म्यानेजर उत्तमराज भण्डारी र फिजियो लोकेन्द्र कुँवर मलेसिया उडेका थिए। टोलीमा दुई गोलकिपर प्रशिक्षक विनोद डंगोल र मनीष तिम्सिना अटाउँदा महत्त्वपूर्ण मानिने चिकित्सक भने अटाउन सकेनन्।

दुई टोलीबीच खेल गराउँदा चिकित्सक अनिवार्य मानिन्छ। फिफाले पनि खेलमा अनिवार्य चिकित्सक राख्नुपर्ने नियम बनाएको छ। तर, मलेसियासँग खेल्दा भने एन्फाले चिकित्सकलाई आवश्यक नै ठानेन। सह-महासचिव भट्टराई भने यसमा आफ्नै तर्क गर्छन्। मलेसियासँग चैत्र २ गते खेलिएको खेल अभ्यास मात्रै रहेको बताउँछन्। अभ्यास खेलमा चिकित्सक अनिवार्य राख्नुपर्ने प्रावधान नभएको कारण राजु डंगोललाई बहराइनसँगको खेलमा समेटिएको जिकिर गर्छन्।

बहराइनसँगको खेलमा भने चिकित्सकलगायतका टोली अनिवार्य भएको उनी बताउँछन्। चिकित्सक नपुगेको खण्डमा एन्फाले मोटो रकम जरिवानास्वरूप तिर्नुपर्ने खतरा रहेको उनको भनाइ छ।

‘बाहिर धेरै नकारात्मक हल्ला भयो। मलेसियासँग ट्रेनिङ म्याच थियो, यसमा प्रेसर हुँदैन। मैत्रीपूर्ण म्याच भएको भए दर्शकपनि हुन्थ्यो, फिफा वरीयतामा पनि असर गर्थ्यो। तर, मैत्रीपूर्ण खेल नभएको कारण सबै खेलाडीलाई खेलाउने र बहराइन पठाउने योजना हाम्रो थियो। यसमा रिक्स नहुने भएको कारण चिकित्सकलाई पठाइएन,’ उनी भन्छन्।

बहराइनमा नेपालले चैत्र ८ र १३ गते ‘होम एन्ड अवे’ अनुसार दुई खेल खेल्ने तय छ। त्रिपुरेश्वरस्थिति दशरथ रंगशालाको मैदान खेल्न योग्य नदेखिएपछि एन्फाले दुवै खेल बहराइनमा गराउन लागेको हो। आफ्नो ‘होम गेम’ पनि बहराइनमै भएको कारण त्यहीअनुसार ‘प्रिजेन्टेसन’ गर्नुपर्ने भट्टराई बताउँछन्। चित्तबुझ्दो ‘प्रिजेन्टेसन’ नभए भोलिको दिनमा फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउने उनको तर्क छ। त्यसैले मन्त्रालय, राखेप र एन्फाबीच बाहिर देखिएको लडाइँ यही अन्त्य गरेर पठाउन लागिएको व्यक्तिलाई स्वीकृति दिनुपर्ने उनी बताउँछन्।

‘यसले गलत ट्रेन बस्छजस्तो लाग्छ। हामीभित्रको कमीकमजोरी के-के छ त्यो सुधार गर्नुपर्छ। हामीले गर्ने मुभेन्टले अन्तर्राष्ट्रिय दृष्टिकोणमा परिवर्तन आए एक व्यक्तिलाई भन्दापनि संस्थालाई असर गर्छ। त्यसैले संस्थाको गरिमा जोगाउन भएपनि सबै पछाडि हट्नुपर्छ,’ उनी भन्छन्।

एन्फा भनेको देशभरि ठूलो नेटवर्क भएको संघ रहेको प्रवक्ता सुरेश साह बताउँछन्। मलेसिया गएका र अहिले बहराइन जान लागेका व्यक्ति यही संघसँग जोडिएका जिल्ला सदस्य, पदाधिकारी र कर्मचारी रहेको उनको भनाइ छ। दुईचार जना बढी गएको देखिपनि फिफाको ‘म्यान्डेटरी’ अनुसार नै गएको/जान लागेको उनी जिकिर गर्छन्।

‘२३ प्लस १२ जना भनेको ठूलो संख्या होइन। दुईचार जना बढी देखिए होला। तर, ती गएका दुईचार जना व्यक्ति पनि फुटबलकै लागि भनेर तीनचार दर्शकदेखि लागिपर्नु भइरहेकै छ। फुटबलमा यति लामो समय बिताइसकेका व्यक्ति फुटबलकै कार्यक्रममा नगएर कहाँ जानु त? यसरी हेर्दा हामीबाट गलत भएको देखिँदैन,’ उनी भन्छन्।

प्राविधिक कुरा, सिफारिस लिनुपर्ने र प्रक्रियामा नमिलेको भए एन्फा अझै सच्याउन तयार रहेको उनी बताउँछन्। त्यही अनुसार आफूहरूले राखेपको स्पष्टीकरणको जवाफ लेखिसकेको उनको भनाइ छ। सबै प्रक्रिया पूरा भएको कारण सोमबारसम्म बाँकी रहेकालाई बहराइन जान राखेपले स्वीकृति दिनेमा आफू विश्वस्त रहेको उनले बताए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP