हालान्डको ५ गोल, सिटीको जित
बुधबार, फागुन १६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एर्लिङ हालान्ड एक्लैले ५ गोल गरेपछि म्यानचेस्टर सिटीले एफ ए कप फुटबलमा सहज जित निकालेको छ । 
मंगलबार म्यानचेस्टर सिटीले एफ ए कपको पाँचौं चरणमा लुटन टाउनलाई ६–२ गोल अन्तरले हराएको हो । 
पहिलो हाफमै सिटीका लागि ह्याट्रिक गरेको हालान्डले दोस्रो हाफमा थप दुई गोल गरेका थिए । सिटीका लागि एक गोल कोभासिसले गरे । हालान्डको गोलमा मुख्य योगदान रह्यो, केभिन डी ब्रुएनको ।
हालान्डले गरेको सुरुवाती चार गोलका लागि ब्रुएनले अन्तिम पास उपलब्ध गराएका थिए ।
जोर्डन क्लार्कले लुटनका लागि दुई गोल फर्काएपनि टोलीलाई फराकिलो हारबाट जोगाउन सकेनन् ।
अन्य खेलमा न्युक्यासलले ब्लयाकवर्नले न्युक्यासललाई पेनाल्टी सुटआउटमा हराउँदा लेस्टरले वर्नमाउथलाई १–० ले पराजित गर्यो ।
 
#सिटीको जित








-1761808270369.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


