• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
कर्णाली प्रदेशका खेलाडीको छुट्टै पोसाक तयार
खेलपाटी संवाददाता
बुधबार, फागुन २, २०८० खेलपाटी संवाददाता
कर्णाली प्रदेशका खेलाडीको छुट्टै पोसाक तयार
राखेप सदस्य सचिव टंकलाल घिसिङलाई कर्णाली प्रदेशको पोसाक हस्तान्तरण गर्दै कर्णाली प्रदेशका सदस्य सचिव विश्वमित्र संन्जेल, साथमा बोर्ड सदस्य सम्राट कुसारी । फोटो : खेलपाटी

काठमाडौं । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीका लागि छुट्टै खेल पोसाक तयार गरेको छ । राष्ट्रिय र अन्तर प्रदेश स्तरमा कर्णालीबाट सहभागीता जनाउने खेलाडीका लागि प्रदेश खेलकुदले छुट्टै खेल पोसाक तयार पारेको हो । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र संन्जेलले बुधबार प्रदेशले तयारी पारेको खेल पोसाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप केन्द्रिय कार्यालयमा सदस्य सचिव टंकलाल घिसिङलाई भेट गरि कर्णाली प्रदेशका सदस्य सचिव संन्जेलले दुई वटा गेम सेटको जर्सी हस्तान्तरण गरेका हुन् । 

सदस्य सचिव संन्जेलले संघीयताका मर्म अनुसार प्रदेशले आफ्नै खेल पोसाक तयार गरेर दशौं राष्ट्रिय खेलकुदको तयारीमा अघि बढेको बताए । उनले खेलाडीको पोसाक सम्बन्धि विभिन्न खेलकुद प्रतियोगिता निर्देशिकामा व्यवस्था भएकाले सोही अनुसार कर्णाली प्रदेशले आफ्नो छुट्टै खेल जर्सी तयार गरेको उल्लेख गरे । 

‘राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन सम्बन्धि निर्देशिका र राष्ट्रपति रनिङ शिल्ड संचालन सम्बन्धि निर्देशिकामा सहभागी टिमको छुट्टै खेल पोसाक हुने व्यवस्था छ ।’ संन्जेलले भने, ‘प्रदेशले आफ्ना खेलाडीको खेल पोसाक तयार गरेर प्रतियोगितामा सहभागी बन्दा प्रदेशको गौरव र शान पनि बढ्ने र खेलाडीले समेत प्रदेशको गौरवका साथ प्रतिस्पर्धामा उत्रन प्रेरणा मिल्छ ।’ 

प्रदेशको आफ्नै खेल पोसाक तयार गरेर अघि बढ्ने कर्णाली पहिलो प्रदेश बनेको छ । कर्णालीले खेलाडीको गेम जर्सी र खेलाडीको मार्चपास पोसाक आफ्नो मौलिकता झल्कने गरि तयार गरेको छ । 

खेलाडी गेम जर्सी कर्णालीमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बा, दुर्लभ जनावर याक र धार्मिक पर्यटकीइ क्षेत्र हिमाल, रारा, पंचदेवल, काक्रेबिहार र कर्णाली नदिको चिनारी अंकित निको आकाशे रंग र रातो नेपाली झण्डा रंगमा तयार गरिएको छ । 

खेलाडी मार्चपासमा पोसाकमा कर्णालीमा उत्पादन हुने अल्लो तथा भाँगोको रेशाबाट बनेको आफ्नो मौलिकताको सफारी सुट, ह्याट र बेल्ट सेट तयार गरिएको छ । 

सदस्य सचिव संन्जेलले अब हरेक राष्ट्रिय र अन्तर प्रदेशका प्रतियोगितामा आफ्ना खेलाडी प्रदेशको गेम जर्सी र मार्चपास पोसाक सहित उपस्थित हुने बताए । उनले चाँडैनै प्रदेश खेलाडीले लगाउने पोसाकको 'ड्रेस कोड' पनि सार्वजनीक गरिने जानकारी दिए । 

कर्णालीको गेम जर्सी लिदै सदस्य सचिव घिसिङले यो अग्रसरताका लागि कर्णाली प्रदेशलाई बधाई दिए ।

उनले खेलकुदमा पोसाकको विशेष महत्व हुने उल्लेख गर्दै कर्णाली प्रदेशले तयार गरेको खेल पोशाक ऐतिहासिक कदम भएको बताए । 

कार्यक्रममा राखेपका बोर्ड सदस्य सम्राट कुसारी सहित राखेपका विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP