काठमाडौं । तीन जना पूर्व राष्ट्रिय क्रिकेटरले आईसीसी लेभल टू कोचिङ कोर्स उत्तिर्ण गरेका छन् ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सहित शक्ति गौचन र रिजन प्रजुले आईसीसीको लेभल टू कोचिङ कोर्स पुरा गरेका हुन् ।
सिंगापुरमा भएको आईसीसीको कोचिङ कोर्स तीन पूर्व राष्ट्रिय क्रिकेटरले पार गरेका हुन् ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार पूर्व कप्तान ज्ञानेन्द्रले सहभागी मध्य शीर्ष स्थानमा रहेर कोर्स उत्तिर्ण गरेका हुन् ।
आईसीसीको कोर्स पुरा गरे लगत्तै तीन जना पूर्व क्रिकेटरले कोचिङ करियरमा आफुलाई ब्यवसायीक रुपमा अघि लैजान बाटो खुलेको छ ।
तीनै जना पूर्व क्रिकेटरले एकेडेमी र प्रदेशको टिमलाई प्रशिक्षण भने दिदै आएका थिए ।
कोर्स पुरा गरेसँगै उनीहरुले आईसीसीको कोचिङ भुमिकामा अवसर पाउने बाटो खुलेको छ ।