• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
चर्चाको होडमा कराँतेका उम्दा खेलाडी विप्लव 
खेलपाटी संवाददाता
शुक्रबार, माघ २६, २०८० खेलपाटी संवाददाता
चर्चाको होडमा कराँतेका उम्दा खेलाडी विप्लव 

काठमाडौं । कराँतेका उम्दा खेलाडी विप्लवलाल श्रेष्ठलाई भेट्नासाथ  नै ‘पोजिटिभ भाइब्स’ मात्रै आउँछ । उनको मुहारमा सदाबहार एक विशेष खाले हाँसो देख्न सकिन्छ । उनीसँग एक क्षण मात्र कुराकानी गर्दा नै उनी कति मिजासिला छन् भनेर ठ्याक्कै थाहा हुन्छ । उनको व्यक्तित्व जत्ति नै हँसिलो भए पनि जब उनी खेलाडीका रूपमा भिड्न डोजोमा उत्रिन्छन्, उनी असाध्यै आक्रामक देखिन्छन् । नेपाली कराँतेका पछिल्लो पुस्ताका यी स्टार खेलाडीको अन्दाज बेग्लै छ ।

श्रेष्ठको आफ्नो सारा परिवार नै खेलकुदमय छ । उनका बुवा विजेन्द्रलाल श्रेष्ठ आफ्नो समयका खेलाडी थिए जसले कराँतेदेखि फुटबलसम्मका खेलहरु खेले । अझ उनका काका सुरेन्द्रलाल श्रेष्ठ त अन्तर्राष्ट्रिय कराँते मञ्चमा नेपालको तर्फबाट सफल खेलाडी बन्न पुगे । उनको सबैभन्दा ठूलो उपलब्धि भनेको सन् १९९९ मा काठमाडौँमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि जितेको स्वर्ण पदक हो । त्यो समयमा उनको स्टारडम गजबको थियो ।
काकाको उक्त उपलब्धीलाई नजिकबाट हेर्ने मौका पाएका विप्लवलाललाई पनि लाग्यो कि आफूले पनि केही गरेर देखाउनुपर्छ । त्यसैको लक्ष्यअनुरुप उनी कराँतेमा लाग्न पुगे । सुरुवाती दिनमा आफ्नी आमा शान्ता श्रेष्ठको हात समातेर कराँतेको यात्रा गरेका श्रेष्ठले आखिरमा आफ्नो काकालेसरी सफलता प्राप्त गरे । सन् २०१९ मा काठमाडौँमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेतर्फ स्वर्ण पदक हाँसिल गरेर उनले आफ्नो नाम इतिहासमा लेखाउन सफल भए ।

श्रेष्ठले सफताको बाटो पछ्याउन कहिले पनि छाडेनन् । चीनको हाङचाउमा भएको १९ औं एसियाली खेलकुदमा उनले गजबको प्रदर्शन देखाएर दुई बाउट जित्न सफल भए । त्यसको ठीक अगाडि इन्डानेसियाको जकार्तामा भएको विश्व सितोरियो कराँते च्याम्पियनसिपमा भने उनले रजत पदक जितेका थिए । गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कुमितको खुला तौल तर्फ पनि उनले स्वर्ण जिते । साथै पहिलो एनआरएनए राष्ट्रिय च्याम्पियनसिप र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते च्याम्पिनसिपमा पनि उनले स्वर्ण पदक हात पारे ।

कराँतेमा पाएको सफलताको फलस्वरुप नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औं संस्करणको पिपल्स च्वाइस अवार्डमा उनी पनि मनोनयनमा परेको छन्। विप्लवलालसँगै अन्य पाँच खेलाडीहरु पनि यस अवार्डका लागि मनोनयनमा पर्न सफल भएका छन् । अन्य खेलाडीहरु फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ हुन् । उक्त अवार्ड समारोह माघ २८ मा हुँदै छ । यो विधाका सम्भाविता बलिया विजेता विप्लवलाल श्रेष्ठ नै हुन् । विप्लव खेलाडीका रूपमा नेपाल पुलिससँग आवद्ध छन् ।

नेपाल पुलिस भित्रका खेलकुदप्रेमीहरु उनलाई जिताउन लागि परिरहेका छन् । विजेता चयन खेलाडीले प्राप्त गरेको भोटिङको आधारमा हुनेछ । त्यसमा ई–सेवा भोटिङ, आयोजक मञ्चका सदस्यको मत, सामाजिक सञ्जालबाट आउने मत तथा २७ खेलका प्रमुख प्रशिक्षकको मत समावेश हुनेछ भने त्यसमा ई–सेवाको मतले ५० प्रतिशत भाग ओगट्नेछ । सामाजिक सञ्जालको मतले २५ प्रतिशत भाग ओगट्नेछ। त्यसैले यी दुई माध्यमहरु बिजेता चयनमा हाबी हुनेछन् । विप्लवलालको प्रशंसकहरुका लागि उनको नाममा मतदान गर्ने यही नै उपयुक्त समय हो ।  
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP