एपीएफ पुरुषतर्फ टाइगर कपमा तेस्रो
शनिबार, माघ ६, २०८०मनोज थापा (हिमालयन मनोज)

पोखरा । विभागीय टोली नेपाल एपीएफ क्लब चौथो टाइगर कप भलिबल अन्तर्गत पुरुषतर्फ तेस्रो भएको छ ।
शनिबार तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले श्रीलंकन आर्मीलाई सोझो सेटले हराएको हो ।
पहिलो सेटमा २५–२३ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २७–२५ ले जित्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत आज नै महिला तथा पुरुषतर्फ फाइनल खेलहरु हुँदैछन् ।
महिलातर्फको उपाधिका लागि भने अहिले नेपाल एपीएफ क्लब र न्यु डायमण्ड भिडिरहेका छन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


