हेल्प नेपाल टाइगर कपको फाइनलमा
शुक्रबार, माघ ५, २०८०मनोज थापा (हिमालयन मनोज)

पोखरा । हेल्प नेपाल स्पोर्ट्स क्लब टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा पुगेको छ ।
शुक्रबार भएको खेलमा हेल्प नेपालले श्रीलंका आर्मी टिमलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालाको भलिबल कार्टमा पहिलो सेटमा पराजित भएको टिमले पछिल्लो तीन सेटमा जित निकाल्यो । हेल्प नेपाल पहिलो सेटमा २५–१८ ले गुमाएको थियो ।
त्यसपछि हेल्प नेपालले दोस्रो सेट २५–१४ ले जित्दा तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २६–२४ को जित निकाल्न सफल भयो ।
अब हेल्प नेपालले गण्डकी प्रदेश र एपीएफ मध्येको एक टोलीसँग उपाधिका लागि खेल्ने छ ।
यता श्रीलंकन आर्मीले दोस्रो सेमिफाइनलमा पराजित टोलीसँग खेल्नेछ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


