न्यु डायमण्ड टाइगर कपको फाइनलमा
बिहिबार, माघ ४, २०८०मनोज थापा (हिमालयन मनोज)

पोखरा । चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमण्ड फाइनलमा पुगेको हो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा पुलिसलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड उपाधि नजिक पुगेको छ ।
न्यु डायमन्डले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ ले जित निकाल्दै फाइनल यात्र तय गर्यो ।
अब न्यु डायमण्डले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
आज नै भएको पहिलो सेमिफाइनल खेलमा आर्मीमाथि पुनरागमन जित निकाल्दै एपीएफ फाइनलमा पुगेको हो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


