हरियाणा पराजित हुँदा आर्मी सेमिफाइनलमा
बुधबार, माघ ३, २०८०मनोज थापा (हिमालयन मनोज)

पोखरा । भारतको हरियाणा टाइगर कप महिला भलिबलमा पराजित हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।
बुधबार भएको खेलमा हरियाणा चन्द्रागिरी न्यु डायमण्डसँग सोझो सेटले पराजित भएको थियो ।
सेमिफाइनलमा पुग्न हरियाणालाई पाँचौं सेट सम्मको खेल या सोझो सेटमा जित निकाल्नु पर्ने अवस्था थियो ।
जसमा न्यु डायण्डले सोझो सेटमा जित निकाल्न सफल भयो । त्यसैले आर्मीले समूह ‘बी’ को उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
यता न्यु डायमण्ड समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


