एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा
बुधबार, माघ ३, २०८०मनोज थापा (हिमालयन मनोज)

पोखरा । विभागीय टोली एपीएफ क्लब टाइगर कप अन्तर्गत महिला भलिबलमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुग्यो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेट २५–१६ ले जितेको एपीएफले दोस्रो सेटमा २५–९ को जित निकालेको हो ।
त्यसतै तेस्रो सेटमा एपीएफले २५–१७ को जित निकाल्दै समूह विजेता बनेको हो ।
जितसँगै एपीएफ ५ अंक सहित समूह विजेता बनेको छ । यता उप विजेता पुलिसको ४ अंक छ भने गण्डकी प्रदेश अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
एपिएफ ५ अंकसहित विजेता, ४ अंक उपविजेता हुँदा गण्डकी अंक विहिन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


