आर्मीको जितले न्यु डायमन्ड सेमिफाइनलमा

पोखरा । त्रिभुवन आर्मी क्लबको महिला टोलीले टाइगर कप भलिबलमा जित निकाल्दा चन्द्रागिरी न्यु डायमन्ड सेमिफाइनलमा पुगेको छ ।
मंगलबार प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा भारतको हरियाणालाई आर्मीले ३–२ सेटले हराएको हो ।
पोखरा रंगशालामा भएको खेलमा आर्मीले पहिलो सेट २५–२२ ले जितेको थियो । त्यसपछि आर्मीले लगातार दुई सेट गुमाउन पुग्यो ।
हरियाणाले दोस्रो सेटमा २५–२० को जित निकाल्दा तेस्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो । आर्मीले चौथो सेटमा २५–१७ को जित निकाल्दा पाँचौ सेटमा १५–१२ को जित निकाल्न सफल भयो ।
यो जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । हरियाणाले १ अंक जोडेको छ । यता ३ अंक जोडेको न्यु डायमन्ड सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउनेछ । त्यस्तै दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ पाउँदा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


