बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
  4. /
  5. वरदान र विविकालाई स्वर्ण

वरदान र विविकालाई स्वर्ण

२०२४ जनवरी १२, शुक्रबारखेलपाटी संवाददाता

वरदान र विविकालाई स्वर्ण

काठमाडौं । बागमती प्रदेशका वरदान मोक्तान र मधेश प्रदेशकी विविका श्रेष्ठले चौथो राष्ट्रिय वादोरियो कराँते प्रतियोगितामा स्वर्ण जितेका छन् ।

नेपाल वादोरियो कराते डो संघद्वारा शुक्रबार आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे । सोही तौलसमूहको महिला फाइनलमा विविकाले बागमतीकी नेत्रकुमारी लामिछानेलाई हराइन् ।

महिला ४० केजीमा बागमतीकी सुस्मिता वाइबाले लुम्बिनीकी निमा लामा तथा ५० केजीमा बागमतीकी प्रास्ना केसीले कर्णाली प्रदेशकी सुस्मिता मगरलाई पाखा लगाउदै स्वर्ण जिते । एकल काताको पुरुषमा कोशी प्रदेशका इन्द्र राजवंशी र महिलामा बागमतीकी अप्सना मगर पहिलो भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने– ‘नेपाल अपार सम्भावना भएको देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसंग प्रशस्त सम्भावनाहरु छन् । ति मध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो । खेल आजको दुनियामा बहुआयामिक सम्भावना भएको क्षेत्र हो ।’

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट रंगशाला, भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला र मोरङको वैजनाथपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी खेलकुदलाई पहिलो पटक राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा सरकार र प्रधानमन्त्रीप्रति सिंगो खेल क्षेत्रको तर्फबाट हार्दिक आभार प्रकट गरे ।

आयोजक संघका अध्यक्ष हरिशरण केसीले वादोरियो कराते संघको गरेको गतिविधि बारे प्रकाश पारेका थिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

#वरदान र विविका
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सानु कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट

सानु कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट

वादोरियो कराते टोली श्रीलंका जाने

वादोरियो कराते टोली श्रीलंका जाने

नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो

नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास