सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

निलेन्द्रनै ट्रायथलन संघको अध्यक्ष

शनिबार, पुष २१, २०८०खेलपाटी संवाददाता
निलेन्द्रनै ट्रायथलन संघको अध्यक्ष
Classic Tech Internet Ad

काठमाडौं । अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै नेपाल ट्रायथलन संघको २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ ।

शनिबार ललितपुरमा सम्पन्न चुनावी साधारण सभाले संघको बरिष्ठ उपाध्यक्षमा पूर्व गण्डकी प्रदेश सांसद दीपक कोईराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै सदस्यहरुमा युवराज सुनुवार, श्रृजना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिका सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषद्को बरिष्ठ अधिकृत ज्योती राईको नेतृत्वमा अधिकृत बासुदेव निरौला र सहायक प्रथम राजेश बहादुर श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटिले प्रमाण पत्र वितरणका साथै गोप्यताको सपथ ग्रहण गराएका थिए ।

संघको आजै सम्पन्न बैठकले संघको विधान बमोजिम सदस्यहरु मध्येबाट अध्यक्षले चयन गर्ने महासचिवको पदमा युवराज सुनुवारलाई मनोनित गरेको छ ।

यस्तै उपाध्यक्षमा गण्डकी प्रदेश साँसद प्रकास बराल, सुजिता बराल, सदस्यहरुमा गोपाल बहादुर बमजन, पुष्प रत्न बज्राचार्य, अमृत गुरुङ्ग र प्रदेशबाट नेतृत्व गर्ने गरि बागमती प्रदेशबाट ज्ञान कृष्ण प्रजापती, गण्डकी प्रदेशबाट अनिता रानाभाट र कर्णाली प्रदेशबाट गणेश शाहीलाई मनोनित गरेको छ ।

हाल संघले गठन गरेको चार प्रदेश मध्ये लुम्बिनी प्रदेशबाट सदस्य चयन हुन बाँकी रहेको छ ।

यस्तै प्रदेश संघका कार्यसमिति अध्यक्षहरु संघको पदेन सदस्य रहने विधानमा प्रावधान रहेको छ ।
यसैगरि संघको बैठकले विभिन्न कमिशन समेत गठन गरेको छ । 

जसमा रचना सिंहको अध्यक्षतामा रेणुका देवी सिटौला र चाहना शाह सदस्य रहेको जेण्डर इक्विटी कमिशन, डा सुशन बैद्यको अध्यक्षतामा एन्टी डोपिङ्ग कमिशन, डां प्रेम बैद्यको अध्यक्षतामा डा नमिता श्रेष्ठ र डा उमेश पराजुली सदस्य रहेको मेडिकल कमिशन, शुभ श्रेष्ठको अध्यक्षतामा विनोद तण्डुकार सदस्य रहेको कोचेज कमिशन र पुष्प रत्न बज्राचार्यको अध्यक्षतामा अमिश महर्जन सदस्य रहेको टेक्निकल कमिशन समेत गठन गरेको हो ।
 

Bajaj Pulsar Motorcycle Ad
#निलेन्द्रनै ट्रायथलन संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड