काठमाडौं । कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सवोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
प्रतियोतिगा भर कोशी प्रदेशलाई उपाधि नजिक पुगाउन महत्वपूर्ण भूमिका खेलेकी रुविना सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै यमाह १२५ सिसीको स्कुटर प्राप्त गरेकि छन् ।
रुविनाले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतकसहित ३४५ रन बनाइन् ।
यस्तै प्रतियोगिताको उदीयमान खेलाडी गण्डकी ज्योत्स्निका मरासिनीले प्राप्त गरिन् । प्रतियोगिता उत्कृष्ट बलर पुजा महतो चुनिन् । सुमन खतिवडा प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिन् ।