काठमाडौं । नेपाली क्रिकेटर ज्योति पाण्डेले सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् ।
बुधबार प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा एपीएफबाट उपाधि जितेसँगै उनले राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएकी हुन् ।
नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योतिलाई उपाधि जितेपछि त्रिवि क्रिकेट मैदानमा एपीएफको टोलीले गार्डअफ अर्नरको सम्मान पनि दिएको थियो ।
सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीमा डेब्यू गरेकी ज्योतिले नेपालबाट १७ महिला टी–ट्वान्टी आई खेल खेलेकी छिन् ।
ज्योतिले सन् २०११ देखि एपीएफबाट खेल्दै आएकी थिइन् ।