सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि

मंगलबार, १० पौष २०८०खेलपाटी संवाददाता
सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि
Loading ad...
mustang rice ad

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधवारदेखि हुने भएको छ । 

प्रतियोगिताका सबै खेल रोयल नेपाल गल्फ क्लबमा हुनेछ । 

सिजनको कुल आठ मध्य यस प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउनेछन्। यस पटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन्।

यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यस प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन्। शुक्रसँगै १४ औं वरियताका टंक बहादुर राई, १५ औं वरियताका बलभद्र राई र १६ औं वरियताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन्।

चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहनेछन्। १७ औं वरियताका दीपक मगर, १८ औं वरियताका तोरण विक्रम शाही, १९ औं वरियताका प्रदीप कुमार लामा र २० औं वरियताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन्। 

म्याच प्लेको ड्र अनुसार भुवन नगरकोटीले पहिलो चरणमा २० औं वरियताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन्। तेस्रो वरियताका नीरज तामाङको सामना १९ औं वरियताका प्रदीप कुमार लामाले गर्नेछन्। डिफेन्डिङ च्याम्पियन तथा चौथो वरियताका दिनेश प्रजापतिले १८ औं वरियताका तोरण विक्रम शाहीसँग खेल्नेछन्। यस्तै १७ औं वरियताका दीपक मगरले पाँचौ वरियताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन्। 

यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौं वरियताका सञ्जय लामा र १३ औं वरियताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ। सातौं वरियताका रबि खड्काको सामना १३ औं वरियताका रमेश अधिकारीले गर्नेछन्। अर्को खेलमा आठौं वरियताका रामे मगर र ११ औं वरियताका सूर्य प्रसाद शर्माबीच क्वाटर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। यस्तै नवौं वरियताका धन बहादुर थापा र १० औं वरियताका भुवन कुमार रोक्काले पहिलो चरणको खेलमा एक अर्काको सामना गर्नेछन्। 

पहिलो चरणका विजेता आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। 

क्वाटरफाइनल खेलहरू बिहिबार हुनेछन्। सेमिफाइनल शुक्रबार हुनेछ। पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ। शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ।

खेलाडीहरूले कुल २ लाख ५० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६ हजार तथा क्वाटरफाइनलमा पराजित चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन्।

विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। 

नेपाल पीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाललाई धन्यवाद दिए। 

Loading ad...
LiNing Ad
#सूर्य नेपाल एनपीजीए

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल