बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मीका गोपाललाई कोल्मा क्रसकन्ट्रीको उपाधि 

आइतबार, ०८ पौष २०८०खेलपाटी संवाददाता
आर्मीका गोपाललाई कोल्मा क्रसकन्ट्रीको उपाधि 
Loading ad...
mustang rice ad

पोखरा । स्याङजाको कोल्मामा सम्पन्न क्रस कन्ट्री दौडको उपाधि आर्मीका गोपाल तामाङले जितेका छन् ।

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका धावकले बर्चश्व जमाउँदा गोपालले पहिलो स्थान हासिल गरे । आर्मीकै सञ्जय श्रेष्ठ र सुशील कुमार शाही क्रमश दोस्रो र तेस्रो भए ।  

निर्धारित २५ किलोमिटरको दुरी गोपालले १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गरेका हुन् । उनले उपाधिसँगै नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो बनेका आर्मीका सञ्जयले १ घण्टा ३३ मिनेट ४३ सेकेण्डको समय र तेस्रो बनेका सुशीलले १ घण्टा ३४ मिनेट २ सेकेन्डको समय लगाए । सञ्जयले ४० हजार र सुशीलले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरे । 

यस्तै, २१ वर्ष मुनिको १० किलोमिटर पुरुष खुल्ला दौडतर्फ तनहुका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे । उपाधिसंगै गुरुङले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । पोखराका तेन्जेन रोका उपबिजेता बन्न पुगे । उनले २० हजार रुपैयाँ प्राप्त गरे । पोखराकै मनोज रोका तेस्रो बन्दै १० हजार रुपैयाँ हात पारे ।

महिला ५ किलोमिटर दौडको उपाधि जुम्लाकी राममाया बुढाले हात पारिन् । निर्धारित दुरि २१ मिनेट १८ सेकेण्डमा पार गर्दै राममायाले उपाधि सहित नगद १५ हजार रुपैयाँ प्राप्त गरेकी हुन् । दाङका सुस्मिता कुमारी चौधरी दोस्रो र पोखराकी नितु तामाङ तेस्रो बन्दै क्रमश १० हजार र ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका बिजेतालाई बन्जी नेपाल पोखराले बन्जीको निशुल्क टिकट उपलब्ध गराएको छ । प्रतियोगितामा ११ वर्षीय एन्जिला जिटी सबैभन्दा कम उमेर र ५८ वर्षीय गोविन्द नेपालीले सबैभन्दा बढी उमेरको धावकको रुपमा सहभागीता जनाएका थिए ।

प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, गण्डकी प्रदेशका पुर्व मन्त्रीहरु दिपक चर्ती मगर, मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व सांसद मीन प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा सातौ दक्षिण एसियन कराँते खेलमा कुमिते क्याटगोरीमा स्वर्णपदक बिजेता तनहु देवघाट ५ का पार्वती गुरुङलाई सम्मान गरिएको थियो ।
 

Loading ad...
LiNing Ad
#आर्मीका गोपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो