• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
एन्फा हेडक्वार्टरबाट इन्द्रमानका ५ सन्देश
खेलपाटी संवाददाता
आइतबार, पुस १, २०८० खेलपाटी संवाददाता
एन्फा हेडक्वार्टरबाट इन्द्रमानका ५ सन्देश

काठमाडौं । अखिल नेपाल फुटबल संंघ एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले शनिबार एन्फा हेडक्वार्टर सातदोबाटोमा पत्रकार सम्मेलनको आयोजना गरेर वर्तमान अध्यक्ष पंकज नेम्वाङ्गको कार्यसमितिलाई सहयोग गरेर जाने घोषणा गरेका छन् ।

नेम्वाङ्गको सहकार्यको प्रस्तावलाई स्विकार गर्दै एन्फा हेडक्वार्टर छिर्ने तयारी थालेका तुलाधरले के जिम्मेवारी पाउँछन्, बाहिर आएको छैन । तर उनी प्रमुख कार्यकारी अधिकृत सिईयोको रुपमा लाख बढी तलब लिएर एन्फा फर्कने निश्चित देखिएको छ । पत्रकार सम्मेलनमा उनले एन्फामाथि लाग्दै आएको कन्ट्रोल फन्डिङ र प्रतियोगिता सञ्चालमा सहयोग गर्ने कार्यक्षेत्र प्रस्ट पारिसकेका छन् ।

फुटबलको राजनीतिमा अस्थिर र अवसरवादी चरित्र बनाएका तुलाधरले पत्रकार सम्मेलनमा खुलेर बोले र केही महत्वपुर्ण सन्देश दिएका छन् । जसको प्रभाव नेपालको घरेलु फुटबलमा आगामी दिनमा देखिनेछ । 

१. त्रिकोणात्मक शक्तिको एउटा हिस्सा :

गणेश थापाको बहिर्गमनपछि फुटबलमा कति वटा शक्ति छन् भन्ने अनुमान चल्दै आएको थियो । इन्द्रमानले यसमा प्रस्ट उत्तर दिदै त्रिकोणात्मक शक्तिको कुरालाई पटक पटक दोहो¥याएका छन् । अर्थात एउटा शक्ति वर्तमान अध्यक्ष पंकज नेम्वाङ्ग सहितको समूह, अर्को शक्ति निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा सहितको समूह र तेस्रो शक्तिको रुपमा उनले आफुलाई सार्वजनीक गरेका छन् । उनका पछाडी को–को छन्, पत्रकार सम्मेलनमा खुलाएनन् । तर उनले आफुलाई एन्फाको तेस्रो शक्तिको रुपमा प्रस्तुत गरेका छन् । 

२. नेम्वाङ्गलाई हटाउन सकिएन :

तुलाधरले प्रस्ट रुपमा नेम्वाङ्गलाई हटाउन खोजेपनि नसकेको प्रस्ट पारेका छन् । नेम्वाङ्गको एक वर्षको कार्यकालको समिक्षा गर्दै अविश्वासको प्रस्तावसम्म पुग्दा वैधानिक रुपमा हटाउन खोजेपनि आफुहरुले नसकेको स्विकार गरेका हुन् । उनले नेम्वाङ्गलाई हटाउन नसकेपछि उनलाई समर्थन गर्ने बिन्दुमा आफु पुगेको बताएका हुन् । 

३. मेरो नेता नेम्वाङ्ग :

तुलाधरले तेस्रो सन्देशको रुपमा आफ्नो अबको नेता नेम्वाङ्ग हुने बताएका छन् । एन्फाभित्रको त्रिकोणात्मक समिकरणमा एउटा पक्षसँग मिल्न आफुले निरन्तर आग्रह गरेको उल्लेख गर्दै उनले आफुसँगको सहकार्य दिर्घकालिन हुने संकेत गरे । ‘हरेक नेतृत्वले दुई कार्यकाल काम गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा कार्यकालमा नेतृत्वले चाहेको काम गर्न नसक्ने भएकाले अर्को कार्यकालको अवसर दिनुपर्छ ।’ तुलाधरले भनेका छन् । 

तुलाधरले नेम्वाङ्गलाई दोस्रो कार्यकालमा समेत सहयोग गर्ने गरि आफुले सहकार्यको हात अघि बढाएको बताएका छन् । यसले गर्दा नेम्वाङ्ग र तुलाधरको फुटबल समिकरण दिर्घकालिन रुपमा जाने देखिन्छ ।

४. तलब सहितको भुमिका :

पत्रकार सम्मेलनमा तुलाधरले एन्फामा आफ्नो राम्रो तलब सहितको भुमिका हुने प्रष्ट रुपमा बताएका छन् । कामको रुपमा कन्ट्रोल फन्डिङ र प्रतियोगिता हेर्ने इच्छा देखाएका उनले यसअघि लिदै आएको तलब सुविधा सहितको भुमिकाको अपेक्षा गरेका छन् । एन्फामा महासचिव, कोषाध्यक्ष र प्रवक्ताले मासिक रुपमा तलब लिदै आएका छन् । कर्मचारीको रुपमा मात्र तलब लिन मिल्ने भएकाले एन्फाको प्रमुख कार्यकारी अधिकृत सिईयोको रुपमा तुलाधर आउने देखिन्छ । अन्य भुमिकामा लाख बढी तलब पाउन गाह्रो पनि छ । 

५. नेतृत्व गर्न सक्दिन, जो आउँछ पछि लाग्छु :

पंजक नेम्वाङ्ग असफलताको बाटोमा अघि बढ्दा धेरैले इन्द्रमानलाई विकल्पको रुपमा हेरेका थिए । अविश्वासको प्रस्तावबाट यदी नेम्वाङ्ग हटेको खण्डमा इन्द्रामाननै अघि आउने धेरैको आँकलन थियो । त्यसमाथि एन्फाका पूर्व अध्यक्ष गणेश थापाको सद्भाव इन्द्रमानसँग थियो । नेम्वाङ्गसँग मिल्ने इन्द्रमानको निर्णयपछि उनलाई नेता बनाउन खोज्ने गणेश थापा नराम्ररी बिच्किएका छन् । इन्द्रमानले पत्रकार सम्मेलनमा आफुले नेतृत्व गर्न कोशिश गरेको तर नसकेको स्विकार गरेका छन् । नेतृत्व गर्न नसकेपछि नेम्वाङ्गको पछि लाग्न आफु आईपुगेको उनको कथन छ । 

बजारमा प्रश्न छन्, के इन्द्रमान अवसरवादी हुन् ? उनले आफु फुटबलमा काम गर्न रमाउने मान्छे रहेको बताउँदै जो आएपनि फुटबलमा काम गर्न आफु सधै तयार रहेको बताएका छन् । इन्द्रमानले आफुलाई एन्फाको सदाबहार संस्थापन पक्षको रुपमा सन्देश दिएका छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP