• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अभागी इलाम !
खेलपाटी संवाददाता
आइतबार, पुस १, २०८० खेलपाटी संवाददाता
अभागी इलाम !

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको नवप्रवेशी क्लब हो, स्पोर्टिङ इलाम । पूर्वको प्रतिनिधित्व गर्दै एनएसएलमा आएको इलामको डेब्यु सिजन सुखद रहेन । 

प्रतियोगिताको दोस्रो संस्करणमा एक खेल बाँकी छँदै इलामको उपाधि सम्भावना समाप्त भएको छ । उसले प्रतियोगिताको सातौं चरणसम्म जति अंक बटुलेको छ, त्यसले उसलाई प्लेअफसम्म अब पुर्याउन सक्दैन । अर्थात शीर्ष चारमै नपुग्ने भएपछि इलामको उपाधि सम्भावना समाप्त भएको छ । 

इलामले पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले गुमाएको थियो । दोस्रो खेलमा झापालाई हराउँदै उसले प्रतियोगितामा उत्कृष्ट पुनरागमनको संकेत गरेको थियो । तेस्रो खेलमा उसले जित निकाल्न संघर्ष गरिरहेको बुटवल लुम्बिनीलाई २–१ ले नतिजा सुम्पियो । खेलको अन्तिम समयमा एरिक विष्टले सनसनीपूर्ण फ्रिकिक गोलमा इलाम स्तब्ध बन्नुको विकल्प रहेन । 

चौथों खेल पोखरासँग १–० ले गुमाएको इलामले पाँचौं खेलमा धनगढीविरुद्ध प्राप्त २–० को अग्रतालाई जोगाउन सकेन र अन्तिममा अंकनै बाड्यो । 

लिगको छैटौं खेल पुछारको टिम बिरगञ्ज युनाईटेडसंग २–१ ले गुमाएपछि इलामले धेरै सम्भावनालाई लगभग बन्द गरिसकेको थियो । शनिबार चितवनसँग गोल रहित बराबरी खेलेपछि गणितिय रुपमा शीर्ष चारमा पुग्न इलामको सम्भावना सकिएको छ । 

इलामले ७ खेलमा १ जित, २ बराबरी र ४ हारको नमिठो नतिजा ब्यहोर्यो । इलाम एक खेल खेल्न बाँकी छदाँ ५ अंक सहित तालिकाको पुछारमा छ । उसले लिगको अन्तिम खेल उपाधिको दाबेदार मानिएको ललितपुर सिटी एफसीसँग खेल्नेछ ।

प्रतियोगिता सुरु हुन अघि इलामलाई बलियो प्रत्यासीको रुपमा हेरिएको थियो । यसको मुख्य कारण प्रशिक्षक मेघराज केसीनै हुन् । घरेलु फुटबलका सफल प्रशिक्षक केसीको नेतृत्वमा इलामले कम्तिमा सुपर फोर खेल्ने सबैको अपेक्षा थियो । टिममा खेलाडी पनि कमजोर थिएनन् । केही स्वदेशी र केही विदेशी खेलाडीको राम्रो संयोजन गरेको इलामले राम्रो चुनौती पेश गर्ने धेरैको अपेक्षा थियो । 

तर नतिजा उसको अनुकुल आएन । 

प्रशिक्षक मेघराज केसीले पनि भने, ‘खेल राम्रो छ । प्रर्दशन गरेकै छौं । यत्ति हो, गोल निस्किएको छैन ।’ 
गोल नआएपछि जित निक्लने कुरा नि भएन । 

इलामको खेललाई नतिकबाट हेरिरहेका एक जना खेल विश्लेषकले भने, ‘खेलाडीले उत्साहका साथ खेल्न सकेनन् । उनीहरुमा जितको भोक देखिदैन ।’ ‘मैदानको मेची’को नारा लिएर एनएसएलमा आएको पहिलो सिजनमा इलामले खराब अनुभव बटुलेको छ । 

मेघराज आफैका लागि एनएसएल सुखद रहेन । पहिलो सिजन चितवनबाट पुछारमा बसेका उनी यस सिजन समेत इलामबाट अन्तिममै रहने देखिन्छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP