अर्जुन काफ्ले
पथरी । मोरङ्गको रङ्गेलीमा पुष ५ बाट रङ्गेली प्रिमियर क्रिकेट लिग हुने भएको छ ।
नगर भित्रका क्रिकेट खेलाडीको स्तर वृद्धि गर्न र क्रिकेट खेलको विकासका लागी पहिलो पटक क्रिकेट लिग प्रतियोगीता आयोजना हुन लागेको छ ।
शनिवार अक्सन मार्फत ६ वटा फ्रेन्चाइज टिमले ९० जना खेलाडी लिलामी गरेका छन् ।
लिगमा रंन्जनी राइनोज, चोपरा सुपर किङ्ग, मलङ्गा स्टार, दर्वेशा च्यालेन्जर, संन्सारी च्यालेन्जर र आमगाछी इगलले सहभागीता जनाउन लागेका हुन् ।
अक्सन मार्फत नगरभित्रका ६० र नगर वाहिरका ३० खेलाडीलाई टिमहरुले लिलामी गरेका हुन् । ५० हजार पकेट मनिमार्फत खेलाडी लिलामी भएका हुन् ।
२ हजार ५ सय आधार मुल्य राखिएका खेलाडी मध्य दर्वेसाले १५ खेलाडी खरिद गर्न २८ हजार मात्र खर्च गरेको छ भने चोपरा सुपर किङ्गले ४७ हजार रुपयाँ खर्च गरेको छ ।
कोशी प्रदेशको उपकप्तान फिर्दाेस अन्सारीलाई आमगाछी इगलले १० हजार रुपयाँ वोली लगाएर टिममा भित्राएको छ ।
आमगाछीले सुरज न्यौपानेलाई समेत समान रकम वोली लगाएर लिलामी गरेको छ । चोपरा सनराईज किङ्गले मोहमद निसार र नितेस कुमार सहनीलाई समान १० हजार रुपयाँमा लिलामी गर्दा मलङ्गा स्टारले विकास दासलाई टिममा भित्राउन १० हजार रुपयाँ खर्च गरेको छ ।
रन्जनी राइनोजले सोनु मण्डललाई ८ हजार ४सय रुपयाँमा खरिद गरेको छ । दर्वेसाले सतिस यादवलाई ४ हजारमै प्राप्त गरेको छ । उनी टिमका महङ्गा खेलाडी वने ।
संन्सरी च्यालेन्जरमा कपिल मण्डल महङ्गो खेलाडी बने । उनी ५ हजार ४ सयमा टिममा भित्रिए । संन्सरीले सुवास रोयलाई ५ हजार वोल लगायो ।
पुस ५ वाट पुस २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपयाँ र ट्रफी प्राप्त गर्ने छ । उपविजेताले ५१ हजार रुपयाँ प्राप्त गर्ने आयोजकका सचिव राजन पनेरुले जानकारी दिए ।
रङ्गेलीको जनता क्याम्पसको खेल मैदानमा हुने प्रतियोगीता टी ट्वान्टी फर्मेटमा हुनेछ ।