नापोलीलाई हराउँदै युभेन्ट्स शीर्ष स्थानमा
शनिबार, मंसिर २३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार नापोलीलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
साविक विजेता नापोलीलाई हराउन युभेन्ट्सका लागि फेडरिको गेटीले विजयी गोल गरे ।
गत शुक्रबार मोन्चाविरुद्ध गोल गरेका डिफेन्डर फेडरिकोले दोस्रो हाफको ५१ औं मिनेटमा नापोलीविरुद्ध समेत गोल गरे ।
नापोली पहिलो हाफमा उत्कृष्ट दखिएको थियो । तर उनीहरुले मौका बनाउन सकेनन् ।
युभेन्ट्स ३६ अंक सहित शीर्ष स्थानमा छ । इन्टर मिलान ३५ अंक सहित दोस्रो स्थानमा छ । नापोली २४ अंक सहित पाँचौं स्थानमा छ ।
#युभेन्ट्स शीर्ष स्थानमा







-1761808270369.png&w=3840&q=75)





