बुधबार, असोज २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

के म्यानचेस्टर सिटी साँच्चिकै कमजोर भएको हो ?

बुधबार, मंसिर २०, २०८०हेम राज हमाल
के म्यानचेस्टर सिटी साँच्चिकै कमजोर भएको हो ?
Classic Tech Internet Ad

काठमाडौं ।

र अझै, यो भइरहेको छ।

गत सिजनको ट्रेबल च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिगका महत्वपुर्ण तीन खेलमा बराबरीको नतिजा आत्मसाथ गर्यो। लगत्तै एस्टन भिल्लाले १-०‌ले पराजित गर्यो। जुन हिसाबले सिटीको सिजन सुरुवात भएको थियो कसैलाई लागेको थिएन स्थिति यस्तो पनि बन्ला भन्ने। 

उसले तीनवटा बराबरी गोलहरू ९५ मिनेटपछि, ८० मिनेटपछि र ९० मिनेटपछि खाएको थियो। गत बुधबार, सिटिले च्याम्पियन्स लिगमा आरबी लाइपजिगलाई २-० को स्थितीलाई उल्टाएर ३-२ को उत्कृष्ट पुनारागन जित निकालेको थियो। हामी सबैले देख्दै आएको सिटी त त्यो पो हो ! 

त्यसो भए प्रिमियर लिगमा सिटी किन संघर्षरत छ त ? अहिले सिटीको आक्रामक र उत्कृष्ट फुटबललाई किन कमजोर र लय विहीन भनिदै छ ?

के लिगमा यो सिजनको म्यानचेस्टर सिटी पेप ग्वार्डिओलाको कार्यकाल अन्तर्गत सबैभन्दा कमजाेर सिटी हो ?

ग्वार्डिओला आफैं बिगतमा भन्दा अहिले तुलनात्मक रूपमा बढी चिन्तित देखिन्छन्। सिटी चेल्सीविरुद्ध रक्षात्मक रूपमा सही थिएन, उनले स्वीकार गरे। स्पर्सविरुद्धको उनको रेकर्ड खराब छ, जहाँ अन्तिम नौ लिग खेलमा दुई जित मात्र छ। हाल एस्टन भिल्लाबिरुद्धको खेल अघि सिटी शिर्ष स्थानबाट तीन अंक टाढा छ । यस्तो अवस्थामा मुख्य खेलाडी मध्यका एक जोन स्टोन्स मांसपेशीको समस्याबाट छिट्टै फिट होउन् भन्ने आशा छ, जसले ग्वार्डिओलालाई मिडफिल्ड भूमिकामा पुनर्स्थापित गर्न अनुमति दिन्छन् । उनको अनुपस्थितिमा मिडफिल्डमा नियन्त्रण गर्न सिटीलाई गाह्रो साबित भएको छ। त्यस्तै वर्तमान समयका महान मिडफिल्डर केभिन डी ब्रुएना खुट्टाको शल्यक्रियापछि मैदान फर्कन समय लाग्नेछ। सिटीलाई यसले थप समस्यामा पारेको छ।

यसैबीच अर्को टाउको दुखाई आइलागेको छ। आइतबार सिजनको पाँचौं पहेँलो कार्ड पाएपछि रोड्रीले बुधबार एस्टन भिल्लाको यात्रा गुमाएका छन्। सिटीले उनले नखेलेका पछिल्ला चार खेलमा हार बेहोरेको छ। सिटीभन्दा एक अंक मात्र पछाडी रहेको भिल्लाले यो सिजन लिगमा भिल्ला पार्कमा ६ मध्य ६ जित हात पारेको छ र युरोपका शीर्ष पाँच लिगमा बायर्न म्युनिखपछि अन्य कुनै पनि टोलीभन्दा बढी घरेलु गोल गरेको छ।

विश्व फुटबलमा एउटा धारणा के पनि छ भन्दा ग्वार्डिओलाको टोली सिटीले जनवरीमा सँधै क्लिक गर्छ। तर प्रश्न यो हो कि उनीहरूले त्यतिन्जेल कति अंकको दुरी बनाएर राख्नेछन। किनकी आर्सनल र लिभरपुलले सिटीको अहिलेको संघर्षबाट जति सक्दो आफ्नो फाइदा विस्तार गर्ने अवसर हेरिरहेका छन्। सिटीलाई चिन्ता छ कतै ढिलो नहोस।

सिटीले पछिल्ला चार प्रिमियर लिग खेलमा नौ गोल खाएको छ, जुन उसको लागि २०१६ यताकै सबैभन्दा खराब रेकर्ड हो । यो सिजन समग्रमा १४ खेलमा १६ गोल खाएको छ। जुन प्रति खेल १ दशमलव १४ गोल हुन आउछ। सिटी अहिले यस्तो टोली बनेको छ कि जसको बिरूद्ध गोल गर्न सकिन्छ, जसको तुफानी वेगको सामना गर्न सकिन्छ। प्रिमियर लिगमा ग्वार्डिओला पहिलो सिजन चार्जमा आएदेखि यस्तो परिस्थिति कहिल्यै निर्माण भएको थिएन। जुन सिटीको सामना गर्नुपुर्व नै टोलीहरु हार स्वीकार्थे, अहिले तिनै टोलीहरु ढुक्कसँग सिटीबिरुद्ध मोर्चा कसिरहेका छन्।

केहि स्पष्टीकरणहरू छन्, जस्तो कि ट्रेबल जितिसकेपछि सिटीको आक्रमक रवैयामा केहि कमी आएको सत्य हो।

उसको तीव्रतामा गिरावट देखिन्छ। विशेष गरी च्याम्पियन्स लिग ट्रफीको खोजी कति लामो र कठिन थियो त्यो सबैलाई थाहा छ। त्यो ट्रफी जितिसके पछि खेलाडीमा जितको भोक हराएको देखिन्छ। सिटी अहिले एर्लिङ्ग हालान्डसँग आक्रमणमा बढी भर परिरहेको छ। जसले गर्दा विपक्षीका काउन्टरहरू रोक्न गाह्रो बनिरहेको छ। जेरेमी डोकु उत्कृष्ट ड्रिब्लर र अट्याकर भएतापनि ग्वार्डिओला उनीबाट बलमा जुन पकड चाहन्छन्, त्यो पाइरहेका छैनन्। रुबेन डियास लगायतको डिफेन्सले नाटकीय रूपमा लय गुमाएको छ।

सायद सबैभन्दा चाखलाग्दो कुरा जोन स्टोन्स माथि देखिने निर्भरता हो । चोटको कारण उनलाई यो सिजन चार खेलमा २ सय ५७ मिनेट मात्र उतारिएको छ। ग्वार्डिओला फुटबल, जसले सामान्यतया एक खेलाडी भन्दा पुरै टोलीलाई प्राथमिकता दिन्छ । टिम गेमको दर्शनमा आधारित छ, यहि टोलीमा पछिल्लो सिजनयता जोन स्टोन्स महत्त्वपूर्ण रूपमा देखा परेका छन् । किनभने उनी हाइब्रिड भूमिकामा रक्षात्मक प्रदर्शन गर्न सक्षम एक मात्र खेलाडी हुन्। उनको अनुपस्तिथीमा त्यो कामको जिम्मेवारी अर्का डिफेन्डर म्यानुअल अकान्जीलाई दिइएको छ तर उनि संघर्षरत छन्। यसैपनि योहान क्रुफियन सिद्धान्तबाट दीक्षित पेप ग्वार्डिओलाको टोलीमा सधैं विपक्षी फरवार्डहरू भन्दा एकजना डिफेन्डर बढी हुनैपर्छ।  

मेस्सीसँगै अर्जेन्टिनामा खेल्ने जुलियन अल्भारेजको भूमिका पनि अब सिटीमा बढिरहेको छ । उनको गुणस्तर कुन स्तरको हो, निर्विवाद सबैलाई थाहा छ । उनले यस सिजनमा चार गोल र पाँच असिस्ट गरिसकेका छन् । तर उनको र हालान्डको एकैसाथ प्रयोगले सिटीको मिडफिल्डलाई कमजोर बनाएको पनि नजर अन्दाज गर्न मिल्दैन । हालान्ड र अल्भारेज एकसाथ मैदानमा हुँदा आक्रमण भयानक भएपनि रक्षात्मक रुपमा सिटीलाई सहयोग मिलिरहेको छैन।

पुर्व कप्तान गुन्डोगान बार्सिलोना जानु, रियाद महारेज साउदी तिर लाग्नुले सिटीलाई निकै घाटा भयो। नयाँ आएका कोभासिस र मथाइस नुनेसले सिटीको स्तरलाई म्याच गर्न नसक्नुले ग्वार्डिओला चिन्तित बनेका छन्। रिको लेविसले प्रभाव देखाइरहेका छन् तर उनि निकै युवा छन्। काल्भिन फिलिप्स पनि सायद यो जनवरी पछि क्लबमा रहने छैनन्।

उता लोनमा स्पेन पुगेका जाओ क्यान्सेलो बार्सिलोनामा आफ्नो छाप छाडिरहेका छन्। बार्साले उनलाई के गर्नेछ त्यो पनि हेर्नु पर्ने हुन्छ। नाथन आके, जोस्को ग्वार्डिवल दुवै जनाले लेफ्ट ब्याकमा आफ्नो ठाउँ सुरक्षित गर्न खोजिरहेका छन्। कायल वाल्कर धन्न क्लबमै बसे जुन सिटीको लागि ठुलो राहत थियो। ज्याक ग्रिलिश पनि जेरेमी डोकुको आगमनपछि प्रतिष्पर्धामा छन्। फिल फोडेन र बर्नान्डो सिल्भा उनीहरु दुई जनाको काँधमा ठुलो जिम्मेवारी थपिएको छ।

स्थिति र सन्तुलनको खेलमा ग्वार्डिओला सामान्यतया उत्कृष्ट हुन्छन्। उनले पक्कै पनि चाँडो भन्दा चाँडो समाधान खोज्नेछन। जोन स्टोन्स फर्केपछि स्थिति काबुमा आउन सक्छ। सायद जनवरीको अन्त्यमा केभिन डी ब्रुएनाको पुनरागमनले थप मद्दत गर्नेछ। तर अहिलेको लागि रक्षात्मक रणनीति एकैनासको लयमा नहुँदा म्यानचेस्टर सिटी वर्षौंदेखि नदेखिएको कमजोर देखिन्छ। प्रिमियर लिगको इतिहासमा कुनै टोलीले लगातार चार पटक उपाधि जित्न सकेका छैनन्, सिजनको अन्त्यमा म्यानचेस्टर सिटी त्यो इतिहासलाई बदल्न सक्ला ?

 खै ! सायद अहँ ।
 

Bajaj Pulsar Motorcycle Ad
# म्यानचेस्टर सिटी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

२२ वर्षको पर्खाइ, नयाँ आशाको खेल

२२ वर्षको पर्खाइ, नयाँ आशाको खेल

छक्का हान्न सक्दैनन् नेपाली खेलाडी

छक्का हान्न सक्दैनन् नेपाली खेलाडी

Bajaj Pulsar Motorcycle Ad
उपाधिनजिक नेपाल

उपाधिनजिक नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तुर्केमेनिस्तानसँग रोकियो नेपाल, एसियन कपमा पुग्ने सम्भावना कमजोर

तुर्केमेनिस्तानसँग रोकियो नेपाल, एसियन कपमा पुग्ने सम्भावना कमजोर

फ्रिडम फाइटर ‘बी’ लाई उपाधि

फ्रिडम फाइटर ‘बी’ लाई उपाधि

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ