नेपाललाई सर्वाधिक २९ स्वर्ण
काठमाडौं । नेपाल सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ । नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यका साथ दोश्रो भयो । नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगितामा तेश्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पा¥यो ।
त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंकाको टिम पाँचौं तथा २ कांस्यसाथ भुटान छैटौं भए ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल कराँते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, कराँते महासंघका महासविच दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


