काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको टिम गुजरात टाइटन्सले शुभमन गिललाई कप्तान घोषणा गरेको छ ।
हार्दिक पाण्ड्या मुम्बई जाने निर्णय गरेपछि गुजरातले शुभमनलाई नयाँ कप्तानको रुपमा अघि सारेको हो ।
गुजरातका क्रिकेट निर्देशक बिक्रम सोलंकीले भने, शुभमन गिलले पछिल्लो दुई वर्षमा खेलको उच्चतम स्तरमा राम्रो प्रगति गरेका छन् । हामीले उनलाई ब्याट्सम्याको रुपमा मात्र नभएर क्रिकेट लिडरको रुपमा परिपक्क भएको देखेका छौं । उनले मैदानमा गरेको योगदानले गुजरातलाई एक बलियो शक्तिको रुपमा उभिन मदत गरेको छ । हामी उनलाई कप्तान बनाउन उत्साहीत छौं ।’
गिल आईपीएल २०२३ मा सबैभन्दा धेरै बनाउने ब्याट्सम्यानको रुपमा रहेका थिए । उनले ७ खेलमा ५९ दशमलव ३३ को औसतमा ८ सय ९० रन बनाएका थिए ।
केन विलियम्स समेत गुजरातको कप्तान बन्ने दौडमा थिए । तर फ्रेन्चाईजको भविष्यलाई ध्यानमा राखेर युवा खेलाडी गिललाई जिम्मेवारी दिईएको क्लबले जनाएको छ ।