काठमाडौं । दोस्रो टी ट्वान्टी क्रिकेटमा भारतले अष्ट्रेलियामाथि प्रभावशाली जित निकालेको छ । अष्ट्रेलियाले भारतमा पाँच म्याचको टी ट्वान्टी सिरिज खेल्दैछ ।
सिरिजको पहिलो खेल गुमाएको अष्ट्रेलियाले दोस्रो खेलमा समेत ४४ रनको हार ब्यहोरेको हो ।
पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतीमा २ सय ३५ रनको शानदार योगफल तयार गरेको थियो । सुरुवाती ब्याट्सम्यानले शानदार प्रर्दशन गरेपछि भारतले अष्ट्रेलिया समक्ष ठुलो रन बनाउन सकेको हो ।
यशस्वी जयसवालले ५३ रन बनाएको इनिङ्समा रितुराज गायकवाडले ५८ र इशान किशनले ५२ रन बनाए ।
सुर्यकुमार यादवल १९ रनमा आउट हुदाँ क्रिजमा आएका रिंकु सिंहले ३१ रनको विस्फोटक इनिङ्स खेले । रिंकुले ९ बलमा ३१ रन बनाएर भारतलाई ठुलो स्कोर दिलाएका थिए । तिलक वर्मा ७ रनमा अविजित रहे ।
अष्ट्रेलियाका नाथन एलिसले ३ तथा मार्कस स्टोइनिसले १ विकेट लिएका थिए ।
२ सय ३७ रनको लक्ष्य सहित मैदान उत्रिएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।
मार्कुस स्टोनिसको ४५ रनको इनिङ्समा कप्तान मेथ्यु वेड ४२ रना अविजित रहे । टिम डभिडले ३७ रन बनाए । ओपनरद्धय स्टेभन स्मिथ र म्यथ्यु शर्टले समान १९ रन बनाए । ग्लेन म्याक्सवेल १२ रनमा आउट भए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतका प्रशिद्ध कृष्ण र रबि बिश्रोईले समान ३ तथा अश्रदिप सिंह, अक्षर पटेल र मुकेश कुमारले समान एक एक विकेट लिए ।
पाँच म्याचको टी ट्वान्टी सिरिजमा भारतले २–० को अग्रता बनाएको छ । सिरिज कब्जा गर्न भारतलाई अब तीन मध्य एक खेलमा जित आवश्यक छ ।