मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदभाव दोस्रो दिन शीर्ष स्थानमा 

मंगलबार, ०५ मंसिर २०८०खेलपाटी संवाददाता
सदभाव दोस्रो दिन शीर्ष स्थानमा 
Loading ad...
mustang rice ad

काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सदभाव आचार्य ३ स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा उक्लिन सफल भएका छन्।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा राष्ट्रिय गल्फ टिमका सदस्य सदभावले गोकर्ण गल्फ क्लबमा आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १०-अन्डर १ सय ३४ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे।

दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा दिनेशले ७-अन्डर ६५ खेले। समग्रमा ७-अन्डर १ सय ३७ सहित दोस्रो स्थानमा उक्लिए। समग्रमा ५-अन्डर १ सय ३९ को स्कोरमा तेस्रो स्थानमा उक्लिएका जयराम श्रेष्ठले ३-अण्डर ६९ खेले। 

पहिलो दिनका लिडर एमेच्योर टासी छिरिङले २-अन्डर १ सय ४२ को नतिजामा चौथो स्थानमा तल झरे। उनले आज ५-ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे। आज ३-अन्डर ६९ स्कोर गरेका धन बहादुर थापा समग्रमा १-अन्डर १ सय ४३ सहित पाँचौ स्थानमा रहे। समग्रमा इभन पार १ सय ४४ सहित भुवन नगरकोटी छैटौ स्थानमा छन। उनले आज १-अन्डर ७१ मा दिनको खेल सकाए। 

समग्रमा १-ओभर १ सय ४५ स्कोरका साथ सञ्जय लामा र नीरज तामाङले संयुक्त रुपमा सातौं स्थान बाँडे। नीरजले आज ३-अन्डर ६९ मा र ४-ओभर ७६ मा खेल सकाए। कुमार कामी र प्रदीप कुमार लामा समग्रमा २-ओभर १ सय ४६ सहित संयुक्तरुपमा नवौं स्थानमा रहे। कुमारले १-अन्डर ७१ र २-ओभर ७४ मा खेल सकाए। 

शीर्ष स्थानमा उक्लने क्रममा सदभावले चौथो, छैटौ र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। ब्याक नाइन भने १ अन्डर ३५ मा पुरा गरे। १०औं, १२औं र १५ औं होलमा एक-एक सट बचाए पनि १०औं र १८औं होलमा बोगी खेपे। 

दिनेशले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर ३१ खेले। उनले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि उनले ११औं, १५औं, १६औं र १७ औं होलमा चार बर्डी प्रहार गरेपनि १२औं र १४ औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। यो स्कोरमा उनी प्रोफेसनलतर्फ सबैभन्दा अगाडि रहेका छन। 

जयरामले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा फ्रन्ट नाइन सकाउँदै सानदार सुरुवात गरे। तर यो लयलाई ब्याक नाइनमा निरन्तरता दिन सकेनन्। ११औं र १६औं होलमा बर्डी प्रहार गरेपनि १३औं र १७औं होलमा बोगी र १४ औं होलमा डबल बोगीको सामना गरे। उनले ब्याक नाइन २-ओभर ३८ मा सकाए। 

१४-ओभर १ सय ५८ सम्म स्कोर गरेका २१ प्रोफेसनल गल्फरहरू रमेश अधिकारी, रवि खड्का, बल भद्र राई, तोरण विक्रम शाही, भुवनकुमार रोक्का, सुनील केसी, दीपक मगर, रामे मगर, शिवरा पौडेल, पशुपति शर्मा, दलबहादुर लामा र टाशी घलेले कट बनाएका छन्। यस्तै अन्य तीन एमेच्योर गल्फर युवराज भुजेल, अमित बोगटी र उदिम राईपनि अन्तिम १८ होलको प्रतिस्पर्धाको लागि स्थान बनाएका छन्। 

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

Loading ad...
LiNing Ad
#सूर्य नेपाल सेन्ट्रल ओपन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो