एसियाडमा कुस्तीकी सुशिला पराजित
शुक्रबार, १९ आश्विन २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियाली गेम्स अन्तर्गत कुस्तीमा नेपालकी सुशिला चन्द पराजित भएकी छन् ।
शुुक्रबार लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशिलालाई १०–० ले पराजित गरिन् ।
अघिल्लो दिन महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवाङ्गी दुवे थाइल्यान्डकी श्रृपारासंग ८–० ले पराजित भएकी थिइन् ।
शनिबार दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
१२५ केजीमा नेपालका राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा नेपालका सुरेश चुनाराले तुर्कमिनिस्तानका पर्मन होम्मादोभविरुद्ध खेल्ने छन् ।
# कुस्तीकी सुशिला






-1748174326.jpeg&w=3840&q=75)


-1764294451367.webp&w=3840&q=75)
-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)