आइतबार, मंसिर २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

कराँतेका विप्लव पदकको नजिक पुगेर चुके   

शुक्रबार, १९ आश्विन २०८०खेलपाटी संवाददाता
कराँतेका विप्लव पदकको नजिक पुगेर चुके   
Classic Tech Internet Ad

काठमाडौं । कराँते खेलाडी विप्लवलाल श्रेष्ठले चीनको हान्झाउमा जारी १९ औं एसियाडको करातेमा काँस्य पदक जित्नबाट चुकेका छन् ।

शुक्रबार लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ८४ केजीमाथिको काँस्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग ९–१ ले पराजित भए ।

१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी विप्लवले ताजिकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । विप्लव क्वाटरफाइनलमा किर्गिस्तानका अलिदेत साडिकानोभसँग ५–१ ले पछि परे ।

विप्लवलाई हराएका साडिकानोभ फाइनल पुगेपछि विप्लपले रिपेचेज खेल्ने मौका पाए । रिपेचेजको पहिलो चरणमा बाई पाएका विप्लवले सोझै काँस्य पदकका लागि खेल्ने अवसर पाएका हुन् ।

विप्लवका प्रतिद्वन्द्वी हामेदी ताम भने सेमिफाइनलसम्म पुगेका थिए तर किर्गिस्तानकै साडिकानोभसँग पराजित भएपछि फाइनल पुग्न असफल भए । फाइनल पुग्न नसकेपछि उनले काँस्य पदकका लागि खेल्नु प¥यो ।

हामेदीले टोकियो ओलम्पिक– २०२० का रजत तथा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदका कास्य पदक विजेता हुन् ।

महिला ६१ केजीमुनि नेपालकी निरुपा दोङ तामाङ बंगलादेशकी हुमाईरा अख्तर अन्तरासँग ५–१ ले चुकिन् ।

यस्तै, पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए ।

काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।

एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८ दशमलव ३० तथा एलिसाले ३७ दशमलव ३० अंक जोडे ।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

फुटबलर आयुष अस्ट्रेलिया पलायन

फुटबलर आयुष अस्ट्रेलिया पलायन

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

आर्सनलमाथि भिल्लाको नाटकीय जित

आर्सनलमाथि भिल्लाको नाटकीय जित