सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालविरुद्ध युवा टिम उतार्दै भारत

सोमबार, १५ आश्विन २०८०खेलपाटी संवाददाता
नेपालविरुद्ध युवा टिम उतार्दै भारत

अभ्यासको क्रममा बलर करण केसी र युवा खेलाडी प्रतिश जिसी । फोटो : क्यान

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली क्रिकेटको चर्चा रोकिने छाँट देखिएको छैन । पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमले अन्तराष्ट्रिय स्तरमा एकपछि अर्को सफलता र चर्चा बटुलिरहेको छ । 

एसियाडमा पदकका लागि नेपाली खेलाडीले संघर्ष गरिरहदाँ राष्ट्रिय क्रिकेट टिमले भने सम्पुर्णको ध्यान खिचेको छ । नकआउट चरण पुग्न नेपालले समूह चरणमा खेल्न परेको थियो । 

समूह चरणमा भर्खरै अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको मंगोलियामाथि कीर्तिमानको बर्षा गर्यो । एसियन गेम्समा नेपालका केही यस्ता कीर्तिमान बने, जो सायदै मेटिनेछन्, हुन सक्छ कुनै समय ती भेटिनेसम्म छन् ।

खासै अन्तराष्ट्रिय अनुभव बटुल्न नपाउने नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा सिनियर टिमनै खेलाउने गरेको छ । एसियन गेम्समा समेत नेपालको पहिलो रोजाईको टिमनै गएको छ । समयले एकपछि नेपालको भेट पुन भारतसँग गराउँदैछ । 

केही समय अघि नेपालले एसिया कपमा भारतसँग खेलेको थियो । नतिजा त गुमायो तर शानदार प्रर्दशन गर्यो । त्यो प्रर्दशनको आजपनि अन्तराष्ट्रिय मिडियामा चर्चा भैरहेको छ ।

एसियन गेम्समा नेपालको सिनियर टिम सहभागी भएपनि भारतले भने युवा खेलाडीलाई अवसर दिएको छ । ती युवा खेलाडी, जसले भारतीय अन्तराष्ट्रिय प्रतियोगिता आईपीएलमा तहल्का मच्चाएका थिए । 

भारतको टिममा रोहित शर्मा, विराट कोहली हुने छैनन् तर आईपीएलका तहल्का मच्चाएका युवा खेलाडीलाई भारतीय टिमले एसियन गेम्समा मौका दिएको छ । भारतीय टिम अक्टोबर ५ बाट आईसीसीस ओडीआई विश्वकपनै खेल्दैछ । पहिलो रोजाईको टिम अहिले विश्वकपकै तयारीमा छ ।

भारतीय टिमले हाङजाओमा भैरहेको एसियन गेम्समा आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका युवा खेलाडीलाई समावेश गरेको छ । भारतले एसियन गेम्सको पुरुष क्रिकेटमा स्वर्णलाई पहिलो लक्ष्य राखेको छ । जुन लक्ष्य महिला क्रिकेट टिमले पुरा गरिसकेको छ ।

भारतीय टिमको कप्तानी २६ वर्षका ऋतुराज गायकवाडले गर्नेछन् । आईपीएलमा चेन्नेई सुपर किंग्सबाट खेलेका गायकवाडले भारतीय युवा टिमको चीनमा नेतृत्व गर्नेछन् । 

सन् २०२३ को आईपीएलमा पञ्जाब किंग्सबाट सर्वाधिक विकेट लिने खेलाडी मध्यका एक अर्शदीप सिंह समेत भारतीय टिममा रहेका छन् । यस्तै राजस्थान रोयल्सका यशस्वी जयसवाललाई टिममा राखिएको छ, जसले वेस्ट इन्डिजविरुद्धको डेब्यु टेष्ट क्रिकेटमा शतक प्रहार गरेका थिए । 

अर्का चल्ता खेलाडी छन्, रिङ्कु सिंह । कोलकत्ता नाइस राइडर्सका यि खेलाडी सन् २०२३ को आईपीएलमा सधै हेडलाईन बनेका थिए । जसले भारतीय टिममै समेत स्थान बनाएका थिए ।

भारतीय टिम :

ऋतुराज गायकवाड, यशस्वी जयसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्रोई, अवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम दुबे, प्रभसिमरन सिंह, आकाश गहरा 
 

Loading ad...
LiNing Ad
#नेपाल #भारत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल