पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर
शुक्रबार, असोज १२, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियाली खेलकुदको पौडीमा शुक्रबार नेपालका नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिएका छन् ।
हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा पुरुष चार सय मिटर फ्रिस्टाइलको हिट–२ मा उनले निर्धारित दूरी चार मिनेट २२ दशमलव ०२ सेकेण्डमा पूरा गरे ।
उनी आफ्नो हिटमा चौथो भएका थिए । उनी २५ मध्ये २२औं स्थानमा रहे ।
नासिरको इभेन्ट्ससँगै १९औं एसियाडमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । पौडीमा नेपालबाट चार खेलाडीले आठ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।
#पौडीको चुनौती









copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)

