काठमाडौं । पाकिस्तानले भारतविरुद्ध सानदार बलिङ सुरुआत गरेको छ ।
पाकिस्तानले १० ओभरको समाप्तीमा ४८ रन खर्चिएर ३ विकेट लिएको छ ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले दुई तथा हरिस रउफले एक विकेट लिएका हुन् ।
भारतका कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयस अय्यर आउट भएका छन् ।
पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा शाहिनबाट बोल्ड आउट भए ।
कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा शाहिनबाट बोल्ड आउट भए ।
अय्यर दशौं ओभरको पाँचौ बलमा १४ रनमा हरिस रौफको बलमा फखर जमामबाट क्याच आउट भए ।
क्रिजमा शुभमन गिल र इशान किशन रहेका छन् ।