काठमाडौं । एसिया कपमा उपाधिका दाबेदार भारतविरुद्ध पाकिस्तानले पहिले बलिङ गर्दैछ ।
श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर ब्याटिङ रोजे पछि पाकिस्तानले पहिले बलिङ गर्दैछ ।
भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ ।
प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ ।
पाकिस्तानले खेल हुनु अघिल्लो दिन नै आफ्नो प्लेईङ-११ घोषणा गरिसकेको छ । पहिलो खेलमा नेपाललाई पराजित गरेको ११ जना खेलाडीलाई नै उसले निरन्तरता दिएको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा आगामी सोमबार भारतसँग खेल्दैछ ।
पाकिस्तानको प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रउफ
भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव