काठमाडौं । अष्ट्रेलियाले दोस्रो टी-ट्वान्टी आई खेलमा दक्षिण अफ्रिकालाई हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।
शुक्रबार राती सम्पन्न खेल अष्ट्रेलियाले ८ विकेटले जितेको हो ।
यो जितसँगै अष्ट्रेलियाले तीन खेलको टी-ट्वान्टी आई सिरिजमा २-० को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य अष्ट्रेलिया १४ दशमलब ५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा कप्तान मिचेल मार्श ३९ बलमा ८ चौका र ६ छक्कासहित अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले ।
ओपनर म्याथ्यु शर्टले ३० बलमा ७ चौका र ४ छक्कासहित ६६ रनको अर्धशतकीय ईनिङ खेले ।
ट्रविस हेड १७ बलमा ४ चौकासहित १८ रन बनाए ।
दक्षिण अफ्रिकाका लिजार्ड विलियम्स र तबरेज शाम्सीले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।
दक्षिण अफ्रिकाका कप्तान एडेन माक्ररमले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४९ रन बनाए ।
टेम्बा बभुमाले १७ बलमा ६ चौका र १ छक्कासहित ३५ रनको बनाए ।
अष्ट्रेलियाका शन एबोट र नाथन एलिसले समान ३/३ तथा जेसन बेहरनडोफले २ विकेट लिए ।
पहिलो खेलमा अष्ट्रेलिया १ सय ११ रनले विजयी भएको थियो । दुईबीचको तेस्रो खेल आइतबार हुनेछ ।