बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

नेपालगञ्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते 

शुक्रबार, १५ भाद्र २०८०खेलपाटी संवाददाता
नेपालगञ्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते 
mustang rice ad

काठमाडौं । नवौं संस्करणको धारा नेपालगन्ज म्याराथन मंसिर ९ गते आयोजना हुने भएको छ । आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले नवौं संस्करणको प्रतियोगिताको मिति शुक्रबार सार्वजनीक गरेको हो । 

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको २०६३ साल मंसिर ५ गतेको स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन हुदै आएको छ । 

दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै मंसिर ५ गते नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन हुदै आएको छ । 

आयोजक संस्थाले प्रतियोगिताका लागि २०८० साल भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको जनाएको छ । नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । 

यस बर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुल स्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन, महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष-महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । 

स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराएर पुरस्कृत गरिने बताईएको छ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग ५ किलोमिटरको दौड सञ्चालन गर्ने आयोजकको तयारी छ । 

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथनको कोर्स पुरा हुने आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीले जानकारी दिएका छन् ।
 

LiNing Ad
#नेपालगञ्ज म्याराथन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

Bajaj Pulsar Motorcycle Ad
एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

ग्रिजमानको निर्णायक गोल

ग्रिजमानको निर्णायक गोल

सिटी फाइनलनजिक

सिटी फाइनलनजिक