इन्दु प्लेयर अफ द म्याच
शुक्रबार, भदौ १५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । विश्वकप एसिया छनोटमा बहराइनविरुद्धको खेलमा नेपालकी इन्दु बर्मा प्लेयर अफ द म्याच भएकी छिन् ।
नेपाललाई १० विकेटको फराकिलो जित दिलाउन महत्वपुर्ण समयमा विकेट लिन सफल बर्मा प्लेयर अफ द म्याच बन्न सफल भएकी हुन् ।
इन्दुले ४ ओभरमा २ मेडन राखेर ५ रन खर्चिदै ३ विकेट लिएकी थिईन् । बर्माले २४ मध्ये २२ डट बल गरेकी थिईन् ।
मलेसियामा जारी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ ।
बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
इन्दु प्लेयर अफ द म्याच














-1763024272658.jpeg&w=3840&q=75)