काठमाडौं । विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाललाई ५ रनले जिताउन महत्वपुर्ण रन बनाएकी सीताराना मगर प्लेयर अफ द म्याच बन्न सफल भएकी छिन् ।
सीताले पहिलो ३ बलमा ३ विकेट गुमाएको नेपाललाई उत्कृष्ट पुनरागमन गराएकी थिईन् ।
सीताले ओपनरको भुमिकामा क्रिजमा आएर अविजित रुपमा ३८ रन बनाएकी थिईन् ।
मलेसियामा आज सुरु महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको छ ।
बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रममा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो ।