काठमाडौं । एसियाकप क्रिकेटमा पाकिस्तानविरुद्ध पाँचौं विकेट पतन भएको छ ।
मुल्तान स्टेडियममा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ ।
नेपालका सोमपाल कामी १७ औं ओभरको अन्तिम बलमा हरिस राउफको बलमा क्याच आउट भएका हुन् ।
यसअघि नेपालका आरिफ शेख १४ औं ओभरको चौथो बलमा २६ रनमा आउट भएका थिए । उनलाई पनि हरिस राउफले बोल्ड आउट गराएका थिए ।