काठमाडौं । एसियाकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ ।
मुल्तान स्टेडियममा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले दुई ओभर समाप्त नहुँदै तीन विकेट गुमाएको हो ।
नेपालका दुई ओपनर कुशल भुर्तेल र आसिफ शेख र कप्तान रोहित पौड्यल आउट भएका हुन् ।
कुशल र रोहित साहिन्सा अफ्रिदीको बलमा आउट भए भने आसिफ नसिम शाहको बलमा आउट भए ।