काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।
मुल्तान स्टेडियममा भएको टस हारेर पहिले बलिङ गरिरहेको नेपालका लागि करणले पहिलो विकेट लिएका हुन् ।
उनले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका हुन् । करणको बलमा विकेट किपर आसिफ शेखले क्याच गरे ।