काठमाठौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मुल्तान स्टेडियममा आज (बुधबार) एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्दैछ ।
उक्त उद्घाटन खेलमा नेपालकी गायिका त्रिशाला गुरुङले नेपाली गित गाउने भएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले उद्घाटन खेलमा नेपालका लागि गित गाउन पाउने भएकोमा गर्व महसुस भएको बताएकी छन् ।
साथै उनले आजको खेलमा सबैले नेपाली टोलीलाई साथ र हौसला प्रदान गरिदिन पनि आग्रह गरेकी छन् ।