काठमाडौं । बुधबारबाट सुरु हुने एसिया कप खेल्ने श्रीलंकाको टोली घोषणा भएको छ ।
श्रीलंका क्रिकेट बोर्डले दाशुन शनकाको कप्तानीमा टोली घोषणा गरेको हो । घोषित टोली १५ सदस्यीय रहेको छ ।
एसिया कपको १६ औं संस्करण पाकिस्तान र श्रीलंकामा हुदैछ । एसिया कपमा ६ टोलीको सहभागीता रहेको छ ।
सहभागी टिमलाई दुई समूहमा बाडिएको छ । श्रीलंका समूह बी मा रहेको छ । यस समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । समूह ए मा नेपाल, भारत र पाकिस्तान रहेको छ ।
बिहीबार बंगलादेशसँग खेल्दै श्रीलंकाको एसिया कप यात्रा सुरु हुनेछ ।
यससँगै एसिया कपमा सहभागी सबै ६ देशले आफ्नो टोलीको घोषणा गरेका छन् ।
श्रीलंका टोली
दासुन शनाका (कप्तान), पाथुम निशंका, दिमुथ करुणारत्ने, कुशल परेरा, कुशल मेन्डिस (उपकप्तान), चरिथ असलंका, धनञ्जय डी सिल्भा, सदिरा समरविक्रमा, महेश थिक्सना, दुन वेललेज, मथिषा पाथिराना, कासुन रजिथा, दुशान हेमन्त, बिनुरा फर्नान्डो, प्रमोद मदुषण