काठमाडौं । १६ औं संस्करणको एसिया कप बुधबारबाट पाकिस्तानमा सुरु हुदैछ ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुआत हुदैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ ।
नेपालले पाकिस्तानसँगको खेल खेल्दै एसिया कप डेब्यु गर्नेछ । डेब्यु खेल यादगार बनाउने नेपालको लक्ष्य रहनेछ । पाकिस्तानलाई पराजित गर्न नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने छ ।
नेपालले एकदिवसीय वरीयतामा शीर्ष स्थानमा रहेको पाकिस्तानको सामना गर्दैछ । नेपालको ओपनिङ जोडिमा ओडिआई ईतिहासका नै सर्वाधिक सफल जोडिका रुपमा रहेका नियमित ओपनर आसिफ शेख र कुशल भुर्तेल रहने सम्भावना छ । कुशल र आसिफको जोडिबाट टोलीले मजबुत सुरुआतको अपेक्षा राखेको छ ।
तेस्रो नम्बरमा युवा ब्याटर भीम सार्कीले मौका पाउँने सम्भावना प्रचुर रहेको छ । भीमले छोटो ओडिआई करियरमा सम्झनलायक ईनिङहरु खेलेका छन् । भीममा तेस्रो नम्बरको ब्याटरलाई ईनिङ बनाउन देखाउनु पर्ने क्षमताका कारण उनले यस स्थानमा मौका पाउने सम्भावना बलियो रहेको छ ।
कप्तान रोहित कुमार पौडेलले चौथो नम्बरमा मौका पाउँने सम्भावना छ । एसिया कपका सबै भन्दा कान्छा कप्तान रोहित जिम्मेवारीपुर्वक ब्याटिङको क्षमता राख्नेगर्छन् । टोलीको त्यही अपेक्षाका साथ पौडेल ब्याटिङक्रमको चौथो नम्बरमा रहनेछन् ।
पाँचौ नम्बरमा आरिफ शेख रहने सम्भावना रहेको छ । नेपाली ब्याटिङको मध्यपङ्ती खम्बा नै रहेका आरिफले केही ओभर पेश बलिङको समेत क्षमता राख्ने छन् ।
छैटौं नम्बरमा दीपेन्द्रसिंह ऐरी रहने सम्भावना रहेको छ । ऐरी स्पिन बलिङका साथै जिम्मेवार फिनिसरका रुपमा टिममा रहने छन् ।
सातौं नम्बरमा विस्फोटक ब्याटर कुशल मल्ल रहने सम्भावना रहेको छ । कुशल केही ओभर स्पिन बलिङको समेत क्षमता राख्दछन् ।
आठौं नम्बरमा अलराउन्डर गुलसन झा रहने सम्भावना रहेको छ । गुलसनमा तीव्र बलिङ क्षमता तथा टोलीको आवश्यकता अनुसार जुनसुकै स्थानमा ब्याटिङ क्षमता रहेको छ । गुलसनको क्षमताको हरेक पटक अन्तराष्ट्रिय चर्चाको बिषय रहने गर्दछ ।
नवौं र दशौं नम्बरमा तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीले मौका पाउने सम्भावना रहेको छ । नयाँ बलबाट केसीको वास्तविक क्षमता बारम्बार प्रमाणित हुँदै आएको छ । ब्याटरका रुपमा पनि दुवैबाट टोलीलाई चाहिएको बेला प्रदर्शन आएका कारण दुवै जनाको प्लेईङ-११ मा स्थान बलियो रहेको छ ।
एघार नम्बरमा नेपालका मुख्य बलर रहेका सन्दीप लामिछानेले मौका पाउने पक्का जस्तै रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित कुमार पौडेल(कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने