काठमाडौं । बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुलसन झा पनि परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका झालाई पनि राखेको हो ।
आइसीसीले पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकाले गुलसनको राम्रो सम्भावना रहेको उल्लेख गरेको छ ।
आइसीसीले उनको विशेषता नै आक्रामक तरिकाले खेल्नु रहेको उल्लेख छ ।
उत्कृष्ट प्रदर्शन गर्न सक्ने बाँकी पाँच खेलाडीमा पाकिस्तानका बाबर आजम, भारतका जसप्रिम बुमराह, बंगलादेशका टस्किन अहमद, अफगानिस्तानका राशिद खान र श्रीलंकाका महेश थिक्क्षणा रहेका छन् ।
१६ औँ संस्करणको एसिया कपको उद्घाटन खेलमा नेपालले मुल्तान मैदानमा पाकिस्तानसँग खेल्दैछ । दोस्रो खेलमा नेपालले १८ गते सोमवार भारतसँग खेल्नेछ ।